मनोज साङ्सोनको ‘मायाको शहर दार्जीलिङ् ‘ अायाे (भिडियोसहित)


 


काठमाडौँ, फागुन २

 मनोज साङ्सोनको ‘मायाको शहर दार्जीलिङ् ‘ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । साङ्गीतिक कार्यक्रमको सिलसिलामा दार्जीलिङ पुग्दा छायाङ्कन गरिएकोम् उक्त भिडियो शुक्रबार संग्स नेपालले युट्युब मार्फत औपचारिक रुपमा रिलिज गरेको साङ्गसोनले जानकारी दिएका छन् ।

युफोनी प्रोडक्सनको प्रस्तुति रहेको उक्त भिडियोमा शब्द, सङ्गीत, स्वर मनोज साङ्सोनको रहेको छ । दार्जीलिङ्का बिभिन्न ठाउँमा छायाङ्कन भएको भिडियोमा मनोजको साथमा दार्जीलिङ्की सृजना राईलाई देख्न सकिने छ ।

गीतमा क्यामेरामा राज बान्तावा,सम्पादनमा प्रदिप कुमाल, सङ्गीत संयोजनमा लाहाङ सुब्बा र अङ्ग्रेजी अनुवाद सबटाइटलमा खगेन्द्र लिम्बुले साथ दिएका छन्।

प्रकाशित मिति: २ फाल्गुन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्