विश्‍वकप क्रिकेटको एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा


 


काठमाडौं। आइसीसी यू–१९ विश्वकपको एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। रोहित कुमार पौडेलको कप्तानी रहेको टोलीमा अभिशेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल र मोहम्मद आसिफ शेख छन्।

यसैगरी पवन सर्राफ, प्रतिश जीसी, रसिद खान, रित गौतम,सागर ढकाल, सन्दीप जोरा र सूर्य तामाङले पनि १४ सदस्यीय राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। नेपाली टोली चार दिनपछि मलेसिया प्रस्थान गर्ने छ।

नेपालले १२ अप्रिलमा सिंगापुरसँग खेल्दै प्रतियोगिता सुरुवात गर्ने छ। नेपालले अप्रिल १३ तारिखमा यूएई, अप्रिल १५ तारिखमा मलेसिया र अप्रिल १६ तारिखमा कुवेतसँग खेल्ने छ। नेपालले अन्तिम खेल अप्रिल १८ तारिखमा ओमानविरुद्ध खेल्ने छ।

राउन्ड रोबिनपछि शीर्षस्थानमा रहने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा छनोट हुने छ। विश्वकपमा १६ टोली सहभागी हुनेछन्।

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्