नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै


 


काठमाडौं । नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले विहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले समृद्धिको क्षेत्रमा आफ्ना नयाँ योजनाहरु सार्वजनिक गर्ने बताइएको छ । ओलीले पुरानो वर्षको विदाई तथा नयाँ वर्षको स्वागतका लागि आजै नेताहरुलाई बालुवाटारमा रात्रीभोज समेत दिएका छन् ।

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्