नयाँ वर्ष विकास र समृद्धिको जग बसाउने वर्ष : मुख्यमन्त्री राई



विराटनगर, बैशाख १
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७६ विकास र समृद्धिको जग बसाउने स्मरणीय बर्षको रुपमा रहने बताउनुभएको छ ।
नयाँ बर्ष २०७६ सालको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले विकास र समृद्धिका लागि सबैले आ—आफ्नो क्षेत्रबाट योगदान पु¥याउने अपील समेत गर्नुभएको छ ।

प्रदेशमा भएका स्रोत, साधन र प्रचूर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै प्रदेशलाई समृद्ध एंव समुन्नत वनाउने दायित्व हाम्रो काँधमा आएको छ, विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन म हार्दिक अपील गर्दछु, मुख्यमन्त्री राईले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ ।

नयाँ बर्षको अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने कामना गर्दछु, शुभकामना सन्देशमा भनिएको छ ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमण समाप्त भएको भन्दै उहाँले आर्थिक—सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तिब्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी र दायित्व रहको बताउनुभएको छ ।

वर्ष २०७५ संविधान र संघीयता कार्यान्वयनको महत्वपूर्ण एंव प्रदेश सरकारको लागि महत्वपूर्ण आधार निर्माण गर्ने वर्षको रुपमा रहेको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, भर्खरै र पहिलो पटक गठन भएको प्रदेश सरकार प्रदेशको आर्थिक सामाजिक रुपान्तरण सहित आम जनताको जीवनस्तर सुधार गर्दै विकास र समृद्धि प्राप्त गर्न दृढ संकल्पित रहेको विश्वास दिलाउन चाहन्छु ।

नयाँ आशा, उमंग र उत्साह सहित नयाँवर्ष २०७६ ले खुसीको संचार सहित सुदृढ राष्ट्रिय एकता, विकास र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु मुख्यमन्त्री राईले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News