भागेर बिहे गरेका प्रेमी प्रेमिका १५ दिनपछि फर्के, गाउँलेले कुखुरा बनाए (भिडियोसहित)


 


काठमाडौं केही ठाउँमा आज पनि प्रेमविवाह गर्ने युवा युवतीलाई दोषी मानिन्छ । त्यहाँको समाजले उनीहरुलाई विभिन्न किसिमको सजाय पनि दिने गर्छ ।

यस्तै एउटा रोचक भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडि योमा प्रेमी प्रेमिका कुखुरा बनेको देख्न सकिन्छ ।

यो भिडियो उत्तर प्रदेशको प्रतापगढको भएको बताइएको छ ।

उनीहरुलाई सजाय दिन गाउँलेहरुले उनीहरुलाई कुखुरा बन्ने उर्दी जारी गरेको हो । यी दुईलाई गाउँलेको अगाडि १ घण्टासम्म कुखुरा बन्ने सजाय दिइयो ।

प्रेमिका ३ सन्तानकी आमा भएको बताइएको छ । उनी १५ दिनदेखि प्रेमीको साथमा फरार थिइन् ।

दुई दिन पहिले उनी फर्किन् तर परिवारले उनलाई अपनाउन अस्वीकार गरे । त्यसपछि पञ्चायत बोलाइयो ।

प्रधान पञ्चले त्यहाँ उनीहरुलाई कुखुरा बन्ने सजाय सुनाए । उनीहरुले पनि सजाय स्वीकार गरेपछि उनीहरुलाई गाउँलेको अगाडि घण्टा कुखरा बनाइयो ।

सजायपछि दुवैले आफूहरुले बिहे गरेको र सँगै बस्ने भनेपछि दुवैको परिवारले पनि अनुमति दिएको बताइएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्