यी ज्योतिष गरे खतरा खुल्सा राजसंस्था फर्किने, शक्तिशाली मान्छेहरु जेल जाने – भिडियो सहित


 


काठमाडौं। २०७६ साल नेपाल र नेपालीको लागि मात्र होइन पूरै दक्षिण एशियाका लागि चुनौतीपूर्ण देखिएको छ । राजनीतिक, सामाजिक, सांस्कृतिक तथा प्राकृतिक असन्तुलनका कारण यो क्षेत्रमै ठूलाठूला संकट आउने ज्योतिषहरुको प्रक्षेपण छ ।

प्रसिद्ध ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीका अनुसार नयाँ बर्षको प्रारम्भ नै आइतबारबाट भएको छ । बैशाखमै पाँचवटा आइतबार र पाँचवटा शनिवार परेका छन् । यसलाई ज्योतिष बिज्ञानमा ‘कन्टक’ योग भन्ने गरिन्छ । यो अनिष्टको संकेत हो ।

यो बेला घर, परिवार, समाज र पूरै देशमा अविश्वास बढ्नेछ । एकले अर्कालाई बिश्वास गर्ने स्थिति हुनेछैन । यसले विकराल समस्या निम्त्याउने देखिएको छ ।

नेपालमा भन्दा छिमेकी राष्ट्र भारतमा झन ठूलो संकट देखिएको छ । ठूलाठूला प्राकृतिक बिपतदेखि राजनीतिक दुर्घटनाका सम्भावना भारत र नेपालमा दुवै मुलुकमा परेका छन् ।

फागुन ४ गतेसम्म नेपाल राष्ट्रको ग्रह राम्रो नभएकाले यो बेला बिभिन्न किसिमका समस्या देखा पर्नेछन् । सोलुखुम्बुको लुक्ला बिमानस्थलमा जहाज दुर्घटनाबारे नयाँ बर्षको सुरुवात भएको छ । यो वायु र अग्निको बेमेल हो । यस्ता घटना अझ बढनेछन् ।

ज्योतिष अधिकारीका अनुसार जेठ ७ गतेसम्म राजनीतिक दलहरुले सडक आन्दोलन सुरु गर्नेछन् । यसले राजनीतिक माहोल एकदम तात्ने देखिएको छ । जेठ ७ गतेपछि कुनै न कुनै किसिमको सम्झौता हुने र यसले तातेको माहोललाई शान्त पार्नेछ ।

फागुन ४ गते भित्र राजसंस्थाले कुनै न कुनै रुपमा भूमिका पाउने योग देखिन्छ । त्यसमा पनि पूर्वराजा ज्ञानेन्द्रका नाती हृदयेन्द्रको कुण्डली साह्ै राम्रो देखिन्छ । उनको कुण्डली पृथ्वीनारायण शाहको जस्तै देखिन्छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले कार्यकारी नभई अभिभावकको भूमिका मात्र निर्वाह गरी हृदयेन्द्रलाई राजसंस्थाको प्रतिनिधि बनाए यो संस्था लामो समयसम्म चल्ने ज्योतिष अधिकारीको दाबी छ । उनी भन्छन्, ‘ पूर्वराजा शाहले कार्यकारीकारुपमा सबै मै चलाउँछु भन्ने सोच्नु चाहिं दिवास्वप्न मात्र हुनेछ । ’

प्रधानमन्त्री केपी शर्मा ओली आउँदो मंसिरसम्म साह्ै बलिया देखिन्छन् । मंसिर महिनासम्म उनको कुर्सी कसैले पनि हल्लाउन सक्ने छैन । तर, मंसिर पछि नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल बढी बलिया देखिएका छन् । उनी प्रधानमन्त्री बन्ने सम्भावना लगभग निश्चित छ ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको कुण्डली र ग्रह अवस्थिति लगभग उस्तै छ । ओलीको जस्तै मंसिरपछि देउवाको पनि अधोगति सुरु हुनेछ ।

नेपालसंग छिमेकी राष्ट्रको सम्बन्ध उतारचढावपूर्ण नै हुनेछ । उत्तरको छिमेकी चीन नेपाल मामिलामा मौन रहने देखिएको छ भने पश्चिमा राष्ट्रको चलखेल निकै बढ्ने छ ।

भारतमा लोकसभा निर्वाचनमा भाजपा नै ठूलो दल बन्ने र नरेन्द्र मोदी फेरि पनि प्रधानमन्त्री हुनेछन् । बिगतमा लगाएको नाकाबन्दीबाट मोदीले पछुतो महसुस गरेकाले सम्बन्ध सुधारका लागि नेपालसंग बिशेष मौका हुनेछ । तर, हालै पाकिस्तानसंगको तनाव र पुुलुवा घटनामा नेपालको भूमिकाप्रति भारत सन्तुष्ट नभएकाले राजनीतिक दलहरुमाथि मोदीले ठूलो दबाब सृजना गर्ने ज्योतिष अधिकारीको दबाब छ।

यी सबै संकटबाट पार पाउने विधि केही देखिएको छैन । तरपनि, धार्मिक आस्थालाई उच्च स्थान दिंदै त्यही प्रकारको पूजापाठ, यज्ञ गर्दै गर्नु उचित हुने अधिकारीको सुझाव छ ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्