रातको समयमा महिलाले भुलेर पनि गर्न नहुने यस्ता ५ गल्तिहरु


 


महाभारतका अनुसार जुन घरमा महिलाको उचित सम्मान हुदैन त्यस घरमा कहिले पनि सुख शान्तिको वातावारण छाउदैन। घरमा सुख शान्ति र बैभव प्राप्त गर्नका लागि महिलाको उचित सम्मान गर्नु आवश्यक छ।

हिन्दु धर्म शास्त्रका अनुसार महिलालाई घरकी लक्ष्मीको रुपमा मान्ने गरिन्छ। त्यसकारण मान्यता अनुसार रातको समयमा महिलाले भुलेर पनि यी र यस्ता काम्म्हारू गर्नुलाई अशुभ मान्ने गरिन्छ।

दुध दहि

ज्योतिष शास्त्रका अनुसार महिलाहरुले रातको समयमा या घाम अस्ताए पश्चात दहि या दुध कसैलाई पनि दिनुलाई अशुभ मानिन्छ। मान्यता अनुसार यदि रातको समयमा कसैलाई दुध दहि दिनाले घरमा लक्ष्मीको वास नहुने र घरको सुख समृद्धि नहुने बिश्वास रहेको छ।

जुठा भाडा छोड्नु

रातको समयमा महिलाहरुले भुलेर पनि जुठा भाडा छोड्नु हुदैन। किचन सधै सफा राख्नाले घरमा निरन्तर रुपमा सुख शन्ति र बैभव प्रभाह हुने बिश्वास गरिन्छ।

तर रातको समयमा किचनमा जुठा भाडा राख्नाले लक्ष्मी रिसाउने , घरमा अशान्ति छाउने तथा स्वास्थ्य सम्बन्धी समस्याको शिकार भइने भइने छ। त्यसैले गर्दा जस्तो सुकै परिस्थितिमा भए पनि रातको समयमा भाडा धोएरमात्रा सुत्नु आवश्यक छ। किचन सफा राख्नाले घरमा शान्ति र वैभव प्राप्त हुने छ ।

कपाल खोलेर सुत्नु

महिलाले रातको समयमा भुलेर पनि गर्न नहुने तेस्रो कुरा हो कपाल खोलेर सुत्नु। कतिपय महिलाहरुको रातको समयमा कपाल कोलेरा सुत्ने बानी हुन्छ तर यस्तो गर्नुलाई शास्त्र अनुसार गलत मान्ने गरिन्छ ।

मान्यता अनुसार यस्तो गर्नाले घरमा नकारात्मक इनर्जी पैदा भई सिधै परिवारमा यसको नकारात्मक असर पर्ने र स्वास्थ्यमा प्रभाव पर्न जाने भएकाले भुलेर पनि रातको समयमा महिलाले कपाल खोलेर सुत्नुलाई अशुभ मानिन्छ।

नुनको प्रयोग

महिलाले रातको समयमा घरमा भुलेर पनि गर्न नहुने अर्को काम हो नुनको अवहेलना गर्नु। हप्ताको एक पटक कुनै कागजको टुक्रामा सिधे नुन राख्नु आवश्यक रहेको छ।

बिहान उठेर उक्त नुनलाई कुनै नालीमा फ्याक्नु आवश्यक रहेको छ। यस्तो गर्नाले घरको नकारात्मक प्रवाहमा कमि आउछ र सदा लक्ष्मीको वास हुने मान्यता रहेको छ।

पानी र कुचो

रातको समयमा किचनमा भाडा धुने र कुचोलाई सहि स्थानमा राख्नु आवश्यक रहेको छ। हिन्दु धर्मका अनुसार घरमा राखिएको कुचोमा पनि लक्ष्मीको वास रहेको हुन्छ।

त्यसैले गर्दा जहि सुकै पनि रातको समयमा कुचोलाई दक्षिण स्थानमा कुचो राखेर सुत्नु आवश्यक रहेको छ।यसो गर्नाले घरमा सदा लक्ष्मीको वास हुने सम्भावना रहेको छ।

यसका साथै राति सुत्ने समयमा पानीको गिलास या बोतल आफ्नो शिरमाथि राखेर सुत्नु रहेको छ। सिरानी संगै पानीको बोतल राख्नाले घरमा नकारात्मक उर्जा उत्पन्न हुने र पारिवारिका सदस्यहरुमा बिरामी हुने समस्या देखा पर्छ साथै घरको सुख शान्तिमा समेत प्रभाव पर्ने मान्यता रहेको छ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्