हावाहुरी प्रभावित ८ सय बालबालीकालाई धुर्मुसले बाँडे किताबकापी



सिमरा । बारा र पर्सामा आएको बिनासकारी हावाहुरीबाट प्रभावित स्कुले बालबालीकालाई शैक्षिक सामाग्री बाँड्न धुर्मुस बिहिबार बिहान प्रभावित क्षेत्र पुगेका छन् ।

नयाँ भर्ना अभियान सुरु भएकाले प्रभावित क्षेत्रका बालबालीकालाई सम्पुर्ण स्कुले सामग्री सहितको झोला बितरण गरी पुनः बिद्यालय फर्काउन धुर्मुस सुन्तली फाउण्डेसन यहाँ आएको हो ।

फाउण्डेसनका संचालक सिताराम कट्टेल धुर्मुसले सबैभन्दा बढी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालीकाको पुरैनिया गाउँमा करिब २ सय बालबालीकालाई किताब कापी सहितको झोला बितरण गरेका छन् ।

यसैगरी फेटा गाउँपालीकाका बिभिन्न स्थानका करिब ४ सय बालबालिका र पर्साका प्रभावित ४ सय बालबालिकालाई गरी ८ सय बालबालीकालाई करिब ९ लाख बराबरको स्टेशनरी सहितको झोला र स्कुले सामाग्री बाँडेर धुर्मुस फर्किएका छन् ।

सामाग्री बितरण गर्दै उनले यहाँका बालबालिका माथी शैक्षिक र मानसिक रुपमा असर परेको भन्दै यस पटक यहाँका बालबालिकालाई खुशी बनाउँन र उनीहरुको पुरानो जिवनशैलीमा फर्काउने अभियान स्वरुप आएको बताए ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्