सरकारद्वारा फेसबुक बन्द


 


काठमाडौं : श्रीलंकामा सरकारले सामाजिक सञ्जाल बन्द गरेको छ। आइतबार भएको बम विस्‍फोटमा परी दुई सय ७ जनाको मृत्यु भएको थियो। हिंसात्मक गतिविधि नहोस भनेर तत्कालको लागि सरकारले सामाजिक सञ्जाल बन्द गरेको श्रीलंका सरकारले घोषणा गरेको छ।

राष्ट्रपतिको कार्यलयबाट उदय आर सेनेविरानेले भने,’सरकारले अस्थायीरूपमा तत्कालको लागि सामाजिक सञ्जाल बन्द गर्ने कदम उठाएको छ।’ होटल र चर्चमा गरेर चार सय ५० जना घाइते भएका छन्। फेसबुकका प्रवक्ताअनुसार सरकारलाई सचेत गराउनको लागि र सरकारको आग्रहमा सामाजिक सञ्जाल बन्द गरिएको जानकारी दिएका छन्।

उनले अगाडि थपे, फेसबुक मार्फत हिंसालाई बढावा दिने खालको सन्देश आदानप्रदान हुने भएकोले पनि यस्तो कार्य गर्नुपरेको हो।’ स्थानीयका अनुसार स्थानीय समय अनुसार दुई बजेदेखि सामाजिक सम्पूर्ण सामाजिक सञ्जाल बन्द भएका थिए।तर, टवीटर भने सञ्चालनमा थियो।

प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्