माधव नेपालको बर्हिगमन, नेपाली संचारमाध्यमका भ्रमपूर्ण समाचार र यथार्थ


 


काठमाडौं, वैशाख १०

‘अखबारमा तपाईहरुले देख्न सक्नुहुन्छ, किन प्रधानमन्त्रीले त्यत्रो जोड दिनुपर्यो पार्टी एकताबद्ध छ भनेर यो पार्टी फुट्ने स्थितिमा रहेछ फुट्छ भोली त्यो ब्याख्या गर्छन्, कतिपयले त्यो गर्छन ।’ नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० वर्ष पुगेको अवसरमा आइतवार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीको भनाई थियो यो ।

नभन्दै भोली पल्ट अर्थात सोमबारका केही पत्रपत्रिकामा यस्तै खाले समाचारहरु प्रकाशन भएका छन् । यर्थाथ एकातिर समाचार अर्कैतिर प्रकाशन भएका छन् । स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सरिक भएर माधव नेपाल केही समयपछि नै बाहिरिनु भयो । उहाले अध्यक्षद्धयलाई जानकारी गराएर बाहिरिनु भएको थियो । त्यस लगत्तै केही समाचार आए ।

माधव नेपालले असन्तुष्टि जनाएर कार्यक्रमस्थल छाडेर जानु भयो । भागवण्डा नमिलेर, अध्यक्ष र सचिवको सूचि हेरेपछि असन्तुष्टि जनाएर जानु भयो जस्ता भ्रमित समाचार प्रकाशन र प्रशारण गरिए । केही संचारमाध्यमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त महासचिव विष्णु पौडेललाई माधव नेपाल खोई भनेर सोधेकोसम्म समाचार प्रकाशन गरे ।

केही पत्रिकाले माधव नेपाल निकट नेता भन्दै कसैको नाम नै उचारण नगरी पनि समाचार लेख्न भ्याए । माधव नेपालसधै संचारमाध्यमको पहुचमा रहन सक्ने नेता हुनुहुन्छ । तर, कोही पनि संचारमाध्यमले उहा किन बाहिरिनु भएको सोधेनन् र खोजेनन् । बरु आफुले जे सोचे त्यही समाचार लेखे ।

वास्तविकमा माधव नेपाल कार्यक्रम छाडेर नभई आफ्नो निर्वाचन क्षेत्रमा आयोजित पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुनु जानु भएको थियो । उहाले अध्यक्षद्धयलाई कार्यक्रमका बारेमा पहिला नै जानकारी गराएर जानु भएको थियो । यही विषयलाई लिएर उहा एकता प्रक्रियामा असन्तुष्ट रहेको अर्थ लगाइएको थियो ।

‘साँखुमा सडक हस्तान्तरणसम्बन्धी कार्यक्रम थियो। उहाँ (नेता नेपाल) आफ्नो निर्वाचन क्षेत्रमा पर्ने साँखुको कार्यक्रममा सहभागी हुन जानुभयो। त्यहाँबाट फर्केर आएपछि पारिवारिक काममा व्यस्त हुनुभयो’, नेपालका स्वकीय सचिव मोहन गौतमले भन्नुभयो । उहाका अनुसार साँखुको कार्यक्रम र पारिवारिक कार्यक्रम भएकाले त्यहाँबाट छिटो हिँड्नुपरेको बताउनु भयो ।

यस्ता समाचार आउने थाहा पाएपछि प्रधानमन्त्री ओलीले नै कार्यक्रममा भन्नुभको थियो,‘म तपाईहरुलाई भन्न चाहान्छु, हामी भवितव्यले यस ठाउँमा आईपुगेका होइनौं, भवितव्यले एकता भएको होइन्, ०६ सालमा स्थापना गरेको पार्टी आज ७० वर्ष पुरा भयो,… आज जुन शक्ति बनेको छ, त्यो भवितव्यले बनेको होइन् यत्तिकै बनेको होइन ।’जनता टाइम्सको सहयोगमा

प्रकाशित मिति: १० बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्