‘विप्लव विगतदेखि नै संघीयता र जनजातीको पक्षमा थिएनन्’ : अध्यक्ष प्रचण्ड


 


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव विगतदेखी नै संघीयता ठीक छैन भन्ने लाइनको र जनजातीको पक्षमा नभएको बताउनुभएको छ । मंगलबार ललितपुरमा आदिवासी तथा जनजातिहरुको अधिकारसम्बन्धि उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आदिवासी तथा जनजातीहरुको हितको लागि हातहतियार उठाउन आवश्यक नरहेको बताउनु भएको हो ।

विप्लव पहिले देखी नै संघीयता ठीक छैन भन्ने पक्षमा रहेको भन्दै अध्यक्ष प्रचण्डले यो विप्लव नेतृत्वको समुदायसंग सचेत रहन समेत आग्रह गर्नुभयो । आदीवासी तथा जनजातीलाई फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने मानसिकता भएको भन्दै सो सोच बोकेर हिड्नुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।

आदिवासी जनजातीहरुले पाउनुपर्ने अधिकार समेत नपाएको भन्ने भनाइमा आफु समेत सहमत रहेको बताउनु भयो । ठुलो बलिदानीपछि आएको राजनैतिक परिवर्तन भएको भन्दै अब कुनैपनि किसिमको आन्दोलन वा विद्रोह गर्न नमिल्ने बताउनुभयो ।

युद्धबाट सबैकुरा पाउने सोच राख्दा देशले ठुलो क्षति बेहोर्नुपर्ने अवस्था आउने भन्दै आफुले समेत केहीकुरामा कम्प्रमाइज गरेको बताउनुभयो । साथै उहाँले आदिवासी तथा जनजातीहरुले गरेको सो कार्यक्रम समायानुकुल रहेको बताउनु भयो ।

प्रकाशित मिति: १० बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्