पथरीका मेयरले भने : ईन्स्पेक्टर हटाएर अनुसन्धान शुरु गर्छौ


 


पथरी । मोरङको पथरीशनिश्चरेका मेयर किशोर राईले नगरबासीहरुलाई सम्बोधन गर्दै ईलाका प्रहरी कार्यलय पथरीका ईन्स्पेक्टर कमल बजगाँईलाई हटाएर जिल्लाबाट टोली ल्याई घटनाको सत्यतथ्य सार्बजनिक गर्ने बताएका छन । मंगलबार आक्रोशित भिडलाई उनले सम्बोधन गर्दै,घटनामा शंकास्पद ब्यत्तिलाई नियन्त्रणमा लिइसकेका कारण घटनाको सत्यतथ्य चाँडै सार्बजनिक गर्ने बताएपछि आक्रोशित भिड नगरपालिकाबाट हटेको छ । गत शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय थप आन्दोलित भएका छन । बजार सहित पुर्बपश्चिम राजमार्ग बन्द गरेर स्थानीय आन्दोलित बनेपछि प्रहरीले ज्यादती गरेको भन्दै नगरपालिका तोडफोड गरेका छन ।

स्थानीयले नगरपालिकामा रहेको वडा नम्बर १ को कार्यलयमा ताला लगाएर आन्दोलन शुरु गरिरहेका बेला प्रहरीले ज्यादती गरेको र अपशब्द प्रयोग गरेको भन्दै उनीहरुले नगरपालिकाको गेट फोडी भित्रै नाराबाजी गरेका छन । दिनप्रतिदिन हत्या र हिंसा बढेको र प्रहरीले सुरक्षा प्रदान गर्न नसेकेको भन्दै सोमबार पथरीका स्थानीयले कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेका थिए । शनिबार बिहान पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको नगन अबस्थामा शव भेटिएपछि पथरीबासी थप आन्दोलित भएका थिए । पथरीमा यसअघि पनि सोही प्रकृतिका ५ वटा घटना भईसकेका छन ।

प्रकाशित मिति: १० बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्