काठमाडौंमा आवश्यक शौचालय छैन, भएका शौचालयले पनि रकम लिन्छन्


 


काठमाडौं । काठमाडौं महानगरमा दैनिक करिब १५ लाख मानिस हिड्छन् तर सार्वजनिक शौचालय ३० वटा मात्र छ । शौचालय पनि गतिलो छैन । सर्वसाधारणलाई आपत् मात्र होइन, स्वास्थ्य समस्या पनि हुने गरेको छ ।

तपाई के काठमाडौंका विभिन्नस्थानमा लामो समय लिएर घुम्दै हुनुहुन्छ ? यदी त्यसो भए काठमाडौंमा शौचालय नभएको विचार पु¥याउनुहोस् । किनकी काठमाडांै महानगरमा आफूलाई अप्ठेरो परेमा शौचालय भेट्न मुस्किल छ ।

करिब १५ लाख दैनिक आवत–जावत गर्ने महानगर भित्र ३० वटा मात्र सार्बजनिक शौचालय सञ्चालनमा छ । ५८ शौचालयमा २६ वटा काम लाग्ने छैनन् । भएका शौचालयमा पनि शुल्क तिर्नु पर्छ । पैसा नभए शौच गर्न पाइदैन ।

दिशा पिसाब च्याप्दा सामान्य देखि जटिल रोग लाग्न सक्ने चिकित्सकको भनाइ छ । अहिले संचालित ३० वटा शौचालय बाट बार्षिक ९० लाख संकलन गरिरहेको महानगरले जनाएको छ ।

शौचालय अभाब स्वीकार्दै माहानगरले आगामी दिनमा नयाँ शौचालय थप्ने बताएको छ । त्यस्तै शारीरिक रुपमा अशक्त र महिलाका लागी भएकै शौचालय पनि काम लाग्ने छैनन् ।

दिसा वा पिसाब गर्नेबाट महानगरले बर्षेनी ९० लाख आम्दानी गर्छ । सार्वजनिक शौचालयमा पस्नेहरुले तिर्ने शुल्क महानगरको खातामा जम्मा हुन्छ ।

प्रकाशित मिति: १० बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्