यी हुन् नेकपाका देशकै कान्छा अध्यक्ष : जसले जनयुद्धमा बाआमा दुबै गुमाए


 


उदयपुर । नेकपाले एकता घोषणा गरेको ११ महिना पछी जिल्ला तहको नेतृत्व घोषणा गर्दा सबैभन्दा कान्छा उमेरका जिल्ला अध्यक्ष उदयपुरका विनोद कटुवाल हुन पुगेका छन् ।

३२ वर्षिय कटुवाल जनयुद्धका शहिद पुत्र समेत हुन् । उनका बाबा मोहन कटुवाल ०५५ शहिद भएका थिए भने आमा गंगा कटुवाल ०५९ मा शहिद भएकी थिइन् । बाबा र आमा जनयुद्धमा शहिद भएपछि उनी र उनकी बहिनि सिन्धुपाल्चोकको आधारक्षेत्रमा गएर अध्ययन गर्नुको साथै राजनीतिमा सक्रिय भएका थिए । उनी रउनकी बहिनि अरुणा कटुवालले नेकपाका नेता अग्नी सापकोटाको संरक्षकत्वमा अध्ययन गरेका थिए ।

सम्भवत देशकै कान्छा अध्यक्ष भएका कटुवालको राजनीतिक जिवन भने बचपनाबाटै सुरु भएको हो ।

३२ बर्षिय ठिटो जिल्ला अध्यक्ष चुनिय सगै जिल्लाको राजनीतिक बातावरण तातिएको छ।साथै एकता प्रकृया निकै ढिलो भएर निरास भएका आम कार्यक्रता मा समेत खुशीयाली छाएको छ।

प्रकाशित मिति: १० बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्