यी हुन् राष्ट्रपतिसँग चीन जाने ४३ सदस्य टोली (नामसहित)


 


काठमाडौ , ११ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबारबाट सुरु हुने राजकीय चीन भ्रमणको सरकारी टोलीमा ३४ र निजीतर्फ ९ सदस्य बेइजिङ जाने भएका छन् । भ्रमण टोलीसँग उद्योग वाणिज्य संघका थप ३ पदाधिकारी भने बेइजिङ पुगेर मिसिनेछ ।

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, राष्ट्रपति कार्यालयका विज्ञहरु शुशीलराज प्याकुर्‍याल तथा लालवावु यादव समेत बेइजिङ जाँदैछन् ।

यसैगरी, सांसदहरु ज्ञानेन्द्रबहादुर कार्की, योगेश भट्टराई, रामेश्वर राय यादव, कमलकुमारी ओली, प्रेमप्रसाद तुलाचन, विमला विश्वकर्मा र गजेन्द्रबहादुर महत भ्रमण टोलीमा छन् । परराष्ट्र सचिव शंकरदास बैरागी दाहाल, उद्योग वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, राष्ट्रपति कार्यालय सचिव विनोद केसी, निजी चिकित्सक डा. धर्मकान्त बास्कोटा, शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी, सहसचिव गणेशप्रसाद ढकाल (परराष्ट्र), सहसचिव छविन्द्र पराजुली तथा डा. जिवस शाह(राष्ट्रपति कार्यालय) समेत भ्रमण टोलीमा छन् ।

प्रमुख सुरक्षा अधिकृत ब्रिगेडियर जनरल मिनध्वज खड्का, मेजर दिवाकर खड्का, मेजर सन्देश अधिकारी, क्याप्टेन आसिना कार्की र क्याप्टेन पवित्रा अधिकारी भ्रमणदलमा छन् । परराष्ट्रका उपसचिव रोशन खनाल, उपसचिव उत्तमकुमार शाही(राष्ट्रपति कार्यालय), शाखा अधिकृत अम्बिका जोशी (परराष्ट्र), शाखा अधिकृत भोगेन्द्र लिङदेन (परराष्ट्र), सुरेन्द्रबहादुर नेपाली (रासस), कुमार शर्मा (नेपाल टेलिभिजन, क्यामेराम्यान), राजेन्द्र तिमिल्सिना (नेपाल टेलिभिजन) र सरस्वती जिरेल (लेडी–इन–वेटिङ) बेइजिङ भ्रमणमा सरकारी प्रतिनिधिमण्डलमा छानिएर जाँदैछन् ।

भ्रमण टोलीमा निजी खर्च व्यहोरेर जाने सदस्यहरुमा लगानी बोर्डका बालकृष्ण शिवाकोटी, च्याम्बर अफ कमर्सका चन्द्रप्रसाद ढकाल र राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिमहासंघका अध्यक्ष सतिशकुमार मोर, व्यवसायी उमेश कसजु, नेपाल–चीन व्यापार तथा उद्योग संघसम्बद्ध अन्जु पौडेल, मिडिया सोसाइटी अध्यक्ष शुभशंकर काडेल, कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र प्रभु बैंकका सीइओ अशोक शेरचनसमेत रहेका छन् । नेपाल वाणिज्य उद्योग महासंघ अध्यक्ष भवानी राणासहितका ३ सदस्य भने बेइजिङमा मात्रै भ्रमण टोलीमा समावेश हुनेछ ।

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्