दलहरुले राजालाई धोखा दिई राजसंस्था पाखा लगाए: कमल थापा


 


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दलहरुले राजालाई धोखा दिई राजसंस्था पाखा लगाएको बताएका छन् ।

आज बैशाख ११ गते लोकतन्त्र दिवसको उपलक्ष्यमा फेसबुक मार्फत शुभकामना दिदैँ अध्यक्ष थापाले आन्दोलनकारी दलहरुबिच सम्झौता भै राजाबाट दलहरुलाई सत्ता हस्तान्तरण भएकोमा राजाबाट सम्झौता बमोजिम काम भयो तर दलहरुले राजालाई धोखा दिई राजसंस्था पाखा बताएका छन् ।

थापाले देशमा अझै लोकतन्त्र अधुरो भएको र राजा सहितको लोकतन्त्र नेपालको हितमा भएको भन्दै गम्भीर भएर सोच्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्