झापामा जनप्रतिनिधिको कालो धन्दाः भारतीय नागरिकलाई नेपाली नागरिकता सिफारिस



भद्रपुर – भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ । कचनकवल गाउँपालिका–२ का बमबहादुर गुरुङ र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भारतीय नागरिक भुपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागको घटना बाहिर आएको हो ।

आवश्यक कागजात पूरा गरी बमबहादुरले आफ्नो जेठो छोरा भन्दै भूपाललाई नागरिकता बनाउन बुधबार जिल्ला प्रशासन कार्यालय झापा लगेका थिए । भूपालमाथि शंका लागेर प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले सोधपुछ गर्दा स्थायी ठेगाना भारत भएको र भारतीय मतदाता परिचयपत्र देखाएपछि घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News