चट्याङ लागेर झापामा एकको मृत्यु


 


झापा, चट्याङ लागेर भद्रपुरमा एक जनाको मृत्यु भएको छ।

भद्रपुर नगरपालिका ६ नयाँबारी बस्ने ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार घरभित्रै सुतिरहेका राजवंशीलाई शुक्रबार बिहान २ बजे चट्याङ लागेको थियो।

उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

प्रकाशित मिति: १३ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्