अन्तरवार्तामै किन रोइन पूर्व पोनस्टार सन्नी लियोनी ?


 


एजेन्सी । पूर्व पोनस्टार स्वम् नायिका सन्नी लियोनी एक अन्तरवार्ता मै रोएकी छन् । हालै एक अन्तरवार्ताका क्रममा आफ्ना दिवगंत एक सहकर्मीको प्रसंग निस्केपछि उनले आफूलाई रोक्न सकिनन् र अन्तरवारताकै क्रममा उनी नराम्ररी रोइन् ।

‘दंबग’ सिनेमाका निर्माता एवम् निर्देशक अरबाज खानले संचालन गर्दै आइरहेको ‘पिन्च’ नामक अन्तरवार्तामा उनी रोएकी हुन् । सो प्रसंग उनीसँग काम गर्ने एक स्टाफसँग सम्बन्धित थियो ।

केहि समय पहिले उनीहरूसँग काम गर्ने प्रभाकर येडको जीवन बचाउन अपिल गर्दै सन्नीका श्रीमान डेनियलले गरेको अपिलमा केहि मानिसहरूले जनाएको छुच्चो प्रतिक्रियालाई प्रतिक्रिया दिनेक्रममा सन्नीले प्रभाकरलाई सम्झिइन जसका कारण आफ्नो आँशु रोक्न सकिनन् र रून पुगिन्।

यस क्रममा उनले सुरूमा मुस्कुराउँदै आफूलाई सम्हाल्ने प्रयास गरेपनि उनी त्यसमा असफल भइन् । उनी रूनुको कारण थियोः उनको अथक प्रयासका बाबजुद उनले दुबै मृगौला बिग्रिएका प्रभाकरलाई बचाउन नसक्नु ।

प्रभाकरका दुबै मृगौला अन्तिम अवस्थामा थिए केबल १० प्रतिशत मृगौलाले मात्र काम गरिरहेको थियो । उनलाई बचाउन सहयोगको अपिल गर्दै एक तस्वीर उनका पति ड्यानियलले सार्वजनिक गरेका थिए । यसमा एक व्यक्तिले १.३८ करोडको गाडी किन्न सक्नेका सन्नीका लागि उपचारका लागि आवश्यक २० लाख भारू केहि नभएको र त्यो उनीसँग भएका केहि ब्याग र जुत्ताको मोल बराबर भएको अवस्थामा यसरी सार्वजनिक रूपमा सहयोग माग्नु लज्जास्पद भएको प्रतिक्रिया दिएका थिए ।

यसमा अरबाजले उनको धारणा जान्न चाहेका थिए । यसको प्रतिक्रिया दिने क्रममा उनी रोइन तर उनी रूनुको कारण आएको प्रतिक्रिया होइन । आफ्नो अथक कोशिसका बाबजुत प्रभाकरलाई बचाउन नसकेकोमा उनी रोएकी हुन् ।

प्रकाशित मिति: १३ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्