नेपालीको प्रतिव्यक्ति आय एक हजार ३४ अमेरिकी डलर



काठमाडौं ।  नेपालीको प्रतिव्यक्ति आय वार्षिक एक हजार ३४ अमेरिकी डलर पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले आज सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार गत वर्षको तुलनामा २६ डलर वृद्वि भइ एक हजार ३४ डलर पुगेको हो ।

त्यसैगरी, यो वर्ष आर्थिक वृद्धिदर ६.८१ प्रतिशत रहने विभागको अनुमान छ । योसँगै सरकारले तेस्रो पटक उच्चदरको आर्थिक वृद्वि हासिल गर्ने देखिएको हो । यस वर्ष सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर र्पुयाउने लक्ष्य लिएको थियो । नेपालको कुलग्राहस्थ उत्पादन ३४ खर्ब रुपैयाँ आधार मूल्यमा पुगेको छ भने कुलगार्हस्थ उत्पादनमा ८० प्रतिशत उपभोग खर्च भएको छ । कुलगार्हस्थ उत्पादनमा प्रदेश तीनको योगदान ४० प्रतिशत रहेको छ ।

प्रकाशित मिति: १३ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्