मृत फेला परेकी रिना बस्नेतको विषयमा सत्यतथ्य सार्बजनिक गर्न माग गर्दै धर्ना


 


मोरङ, बैशाख १४

एक साताअघि मोरङको पथरीशनिश्चरे नगरपालिका – १ मा निवस्त्र अबस्थामा मृत फेला परेकी रिना बस्नेतको बारेमा सत्यतथ्य सार्बजनिक गर्न माग गर्दै पथरीका बिभिन्न महिला संघ संगठनले आज बिरोध सहित धर्ना दिएका छन् ।

महिला हिंसा बन्द गर, शान्ति सुरक्षा कायम गर ,हत्यारालाई कारबाही गर, लगायत बिभिन्न नारा लेखिएका ब्यानर र प्लेट सहित उनीहरुले नगरपरिक्रमा गर्नुका साथै इलाका प्रहरी कार्यालय अगाडी धर्ना दिएका छन । रिनाको हत्या नभई आफै लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रबत्ता घनश्याम श्रेष्ठले बताउनुभयो । स्थानीयले भने उनको हत्या भएको बताउँदै आएका छन् ।

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्