कुकुर आतंक रोक्न प्रहरी नै परिचालन


 


ओखलढुंगा । ओखलढुंगामा कुकुर आतंक रोक्न प्रहरी परिचालन गरिएको छ । केही दिनयता जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा कुकुरले मानिस र पशुचौपाया माथि आक्रमण गर्न थालेपछि कुकुर नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको हो ।

छाडा कुकुरबाट बच्न समस्या भएको भन्दै सर्वसाधारणले सुरक्षा माग गरेपछि प्रहरी परिचालन गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले जानकारी दिनुभयो ।

जनप्रतिनिधिसहित नगरपालिकामा भएको स्थानीयको भेलाले छाडा कुकुर नियन्त्रण गर्ने जिम्मा प्रहरीलाई दिने निर्णय गरेको हो । ‘कतै समस्या भए प्रहरीलाई खबर गर्न पनि उहाँले आग्रह गर्नुभयो । जिल्लाका सबै प्रहरी युनिटलाई हिंस्रक कुकुर नियन्त्रण गर्न आदेश दिइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्