दाताको सहयोगमा चिटिक्क भवन



helpभोजपुर, जेठ १४
विदेशी दाताको सहयोगमा यहाँको चौकीडाँडा गाविसमा उप–स्वास्थ्य चौकीको भवन बनेको छ । नेदरल्याण्डको हाजिस फाउण्डेशनले उप–स्वास्थ्य चौकीलाई दुई कोठे चिटिक्क भवन बनाइदिएको हो । नौ लाख रुपैयाँ बराबरको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको हो । भवनको एक भव्य कार्यक्रमकाबिच उद्घाटन भएको छ । हाजिस फाउण्डेशनका अध्यक्ष हान्स दे विल्ड, परियोजना संयोजक पिटर र नेपाली प्रतिनिधि मनोज सुजिले भवनको संयुक्त रुपमा उद्घाटन गरेका थिए । नयाँ बनेको उप–स्वास्थ्य चौकीको भवनमा प्रयोगशाला, ड्रेसिङ रुम रहने छन् । उद्घाटन कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष हान्सले पुरानो भबनको मर्मत सुधार र नयाँ भवनमा स्वास्थ्य सामाग्री खरिदका लागि थप ८ लाख सहयोग गर्ने जनाए ।
स्वास्थ्य चौकीको भवन निर्माणले यस ठाउँका स्थानीयबासी खुसी भएको स्थानीय शिवबहादुर अधिकारीले बताए । फाउण्डेशनले गाविसको जाल्पा उच्च माविलाई विगत बर्षहरुदेखी नै सहयोग प्रदान गर्दे आएको छ । उस्ले विद्यालयलाई कम्प्युटर, सोलार प्यानल, पुस्तक तथा खेलकुदका सामाग्री प्रदान गरेको थियो । गत बर्ष फाउण्डेशनका सदस्यहरु आएर विद्यालय प्रांगणमा दुईवटा टेबल टेनिस बोर्ड निर्माण गरिदिएका थिए । गाविसको तिन्तामाया भन्ने ठाउँमा स्थानीयका घर–घरमा सुधारिएको चुल्हो निर्माण गरिदिएको छ । फाउण्डेशनका कार्यक्रम संयोजक पिटरका अनुसार पर्यटकको रुपमा यो गाउँमा घुम्दा घरभित्र कुइरिमण्डल धुँवाले स्थानीयको स्वास्थ्यमा असर गरेको देखेर सुधारिएको चुल्हो निर्माण गर्न सहयोग गरेको जनाए । यहाँ सुधारिएको चुल्हो निर्माणमा अभियान नै चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News