बम विष्फाेट, ३४ काे मृत्यु


 


एजेन्सी चैत्र १

टर्कीको राजधानी अंकरामा ठूलो विष्फोट भएको छ,विष्फोटमा परी ३४ जनाको मृत्यु भएको छ । टर्कीका स्वास्थ्यमन्त्री मुएजिनोग्नुले विष्फोटको पुष्टि गर्दै घटनाको निन्दा गरेका छन् । उनले मत्यु हुनेमा दुई जना विष्फोटमा संलग्न व्यक्ति पनि भएको बताएका छन् ।

आइतबार मध्यरातमा भएको विष्फोटमा परी १२५ जना घाइते भएको बिबिसीले जनाएको छ । विष्फोट यति चर्को थियो कि त्यसको आवाज पुरै सहरभरी सुनिएको थियो । विष्फोट किजिले क्षेत्रमा रहेको एउटा वसपार्क नजिक भएको थियो ।

टर्कीका आन्तरिक मामिला मन्त्रीले सोमबार जाँच पुरा भएपछि धमाकाका जिम्मेवार को हो भन्ने यकिन हुनेछ ।  अघिल्लो महिना पनि अंकारामा विष्फोटका घटना भएका थिए । जसमा कम्तिमा ३० जना मारिएका थिए । एक कुर्द चरमपन्थी समुहले यस विष्फोटको जिम्मेवारी लिएको थियो ।

प्रकाशित मिति: १ चैत्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्