यस्तो छ मनले चाहेको जीवनसाथी पाउने मन्त्र, हेर्नुहाेस्


 


‘श्रीरामचरितमानस’ अवधि भाषा (पूर्वीय हिन्दी भाषा) को एक रामायण महाकाव्य हो, जसलाई ‘गोस्वामी तुलसीदास’ले १६औँ शताब्दीमा रचना गरेका थिए ।

यसमा भगवान श्रीरामलाई सर्वशक्तिमान नायकको रूपमा प्रस्तुत गरिएको छ। तर ‘वाल्मीकीय रामायण’मा श्रीरामलाई सामान्य मनुष्यको रूपमा मानिएको छ । श्रीरामचरितमानसमा श्रीराम सर्वशक्तिमान हुँदाहुँदै पनि उनलाई एक मर्यादित पुरुषको रूपमा वर्णन गरिएको छ ।

यस ‘श्रीरामचरितमानस’मा उल्लेख गरिएका चौपाईका मन्त्रहरूलाई प्राचीन कालदेखि नै प्रयोग गरिँदै आएको पाइन्छ । यस ग्रन्थमा जुन प्रसङ्गको लागि चौपाई लेखिएको छ, त्यसैसँग मिल्दोजुल्दो परिस्थिती पैदा हुँदा त्यस पंक्तिलाई ध्यान-स्मरण या जप गर्नाले साधकको कल्याण हुने मान्यता रहेको छ ।

मानसमा मनले चाहेको जीवनसाथी पाउनका लागि पनि एकदमै सुन्दर प्रसङ्ग समावेश गरिएको छ । ती चौपाईहरूलाई मन्त्रको रूपमा पूर्ण आस्थासाथ ध्यान वा जप गर्नाले मनको कामना पूर्ती हुने विश्वास गरिन्छ । तर के जरुरी छ भन्दा मनको कामना सच्चा र पवित्र हुनुपर्दछ, तब मात्रै फलदायी हुन्छ ।

मन्त्र यसप्रकार रहेको छः

तौ भगवानु सकल उर बासी। करिहि मोहि रघुबर कै दासी।।
जेहि कें जेहि पर सत्य सनेहू। सो तेहि मिलइ न कछु संदेहू।।

प्रसङ्ग ‘बालकाण्ड’को हो । राजा जनकजी प्रतिज्ञा गर्छन् कि आफ्नी पुत्री सीताको विवाह उसँग गरिदिन्छन् जसले शिवजीको भारी धनुष उठाएर तोडिदिन्छन् ।

तर सीताको मन श्रीराम प्रति आकर्षित भैसकेको थियो। उनी चाहन्थिन् कि उनका पिताको प्रतिज्ञा बेकार नजाओस् । साथै उनको विवाह तेजस्वी र हर तरिकाले श्रेष्ठ राजकुमार श्रीराम सँग नै होस् ।

तर उनको मनमा यो सन्देह थियो कि सायद यो राजकुमारले शिवको भारी धनुषलाई उठाउन सक्दैन । यसरी नै सीताको मन व्याकुल भैरहेको थियो ।

तब सीताले धैर्य गरेर आफ्नो हृदयमा यो विश्वास गरिन् कि- “यदि तन, मन र वचनले मेरो प्रतिज्ञा साँचो छ र श्रीरघुनाथजीको चरणकमलहरूमा मेरो मन वास्तवमै रमेको छ भने सबैको हृदयमा निवास गर्ने श्रीरामजीले मलाई अवश्य पनि जीवनसंगिनी बनाउनेछन् ।

जसलाई जोसँग सच्चा स्नेह हुन्छ, उसलाई ऊ अवश्य पनि मिल्दछ, यसमा कुनै पनि सन्देह छैन ।” यति भनिदिउँ कि यो मन्त्रको प्रयोग केवल आस्थावान व्यक्तिहरूको लागि मात्रै फलदायी हुनेछ ।

यदि मन, वचन र कर्मले व्यक्तिको कामना साँचो र कल्याणकारी छ भने उसको इच्छा अवश्य पनि पूरा हुनेछ । केवल परीक्षणको लागि यो मन्त्रको प्रयोग मनाही छ ।

प्रकाशित मिति: ३ चैत्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्