गणतन्त्र दिवसका दिन ५० प्रतिशत सजाय भोगी सकेका कैदीले आममाफी पाउने


 


जेठ १४, काठमाडौं ।

सरकारले ५० प्रतिशत सजाय भुक्तानी गरिसकेका कैदीलाई आममाफी दिने भएको छ । मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले गणतन्त्र दिवसको अवसर पारेर अशक्त तथा ५० प्रतिशत सजाय भोगिसकेका कैदीलाई रिहा गर्ने निर्णय गरेको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

संसदको राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले शुक्रबार भूकम्प पीडितको अस्थायी पुनस्र्थापनाका लागि तत्काल ५० हजार दिन सरकारलाई निर्देशन दिएपनि सो विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएन । पीडितको अस्थायी पुनस्र्थापनाका लागि सरकारले जस्तापाता खरीदका लागि दिने भनेको १५ हजार रकम यथावत् रहने मन्त्री पण्डितले बताए ।

बैठकले आगामी असार १० गते राजधानीमा हुने अन्तर्राष्ट्रिय दातृ निकायको सम्मेलनका लागि अर्थ मन्त्री रामशरण महतको संयोजकत्वमा तयारी समिति गठन गर्ने निर्णय समेत गरेको छ । यस्तै विपद व्यवस्थापनमा सहयोग जुटाउन हस्या कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र मनिशा कोइरालालाई सद्भावना दुत नियुक्त गर्ने निर्णय भएको छ । बिहिबारको बैठकले नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा सुवतरन्त कंशकारलाई नियुक्त गरेको छ । यस्तै बलात्कारपछि हत्या गरिएकी बाराकी ६ वर्षिया बालिका पुजा शाहको परिवालाई ६ लाख रुपैया प्रदान गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्