भोजपुरमा विकास र राजनीति


 


भोजपुर जिल्ला समुद्र सतहबाट अधिकतम ४१५३ मिटर सम्मको उचाइ र न्युनतम १५३ मिटर होचो भागमा अवस्थित छ । जिल्ला शैक्षिक इतिहासको कुरा लेख्दा जिल्लाको उत्तरी क्षेत्र दिंला जहाँ १९३२ मा श्री १०८ आवाल ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीले नेपालकै प्रथम विद्यालय स्थापना गरी जनताका छोराछोरीले अध्ययन गर्न पाउने शिक्षाको सुरुवाती गरेको पाइन्छ ।

(अधिकारी रुमाल माथी पलेटी कसी अरुण नदि तर्दथे भनने किंबदन्ती पाइन्छ) भने मेरो जानकारीमा भएअनुसार हाल विभिन्न तहका स्कुल र क्याम्पस गरी ३९४ शैक्षिक संस्था र केही निजी अंग्रेजी विद्यालय सञ्चालनमा छन् ।

महिला दमनका बिरुद्ध बि.सं. १९९८ असार हरिशयनी एकादशीका दिन अधिकारबादी महिला योगमाया न्यौपाने ले आफु सहित ६८ जना अन्य महिलाले अरुण नदिमा एकैपटक जलसमाधी गरी बिद्रो गरेको इतिहास छ भने बिभिन्न समयमा स्वतन्त्रताका लागी भएका राजनैतिक आन्दोलनमा भोजपुर जिल्लाका नारदमुनी थुलुङ, राम प्रसाद राई, देवान सिंह राई, मुक्ती प्रसाद चापागाई, डा.भुदेभ राई, श्रीपाल राई, ध्यान बहादुर राई, भुंडे हवल्दार, राम बहादुर राई, सेतुमान राई, टिकाराम राई, धोक्रे खत्री, कर्ण बहादुर राई, हेमराज कोइराला, निर्मल खत्री, दान बहादुर कार्की, खड्ग बहादुर कार्की लगायतका नेताहरुले नेतृत्वदायी भुमिका निर्वाह गरेको पाइन्छ ।

बर्तमान अवस्थामा पनि बिभिन्न पार्टीको नेतृत्व तह र तिनका भातृ तथा शुभैच्छुक संघ संस्थामा भोजपुर जिल्लाको राम्रै प्रतिनिधित्व रहेको अवस्था छ । प्रशासनिक क्षेत्रमा पनि यस जिल्लाको राम्रै उपस्थिती रहि आएको छ ।

उत्तमकुमार चाँपागाइ

त्यती हुंदा हुंदै पनि विकासको सन्दर्भमा भोजपुर जिल्लाले पाउनु पर्ने र गर्नु पर्ने विकास भएको देखिदैन । खेलकुद, गायन, साहित्यिक क्षेत्रमा पनि भोजपुरेहरुको राम्रो दखल रहेको छ ।

जिल्लामा दुइ क्षेत्रिय सदरमुकाम भनेर देखिएका दिंला र घोडेटार क्षेत्रमा बसोबास गर्ने व्यक्तित्वहरु द्वन्दका नामले वा अवसर लिने र दिलाउने नाममा शहरमुखी भएको पाइन्छ ।

यातायातको क्षेत्रमा मध्य पहाडी लोकमार्ग रहेको तर उक्त धुले सडक हिउंदमा ( मौसमको भरमा) मात्र चल्ने गरेको छ । हवाइ यातायातको क्षेत्रमा एकमात्र सरकारी (नेपाल वायु सेवा निगम) ले हप्ताका केही निश्चित दिनहरुमा मात्र उडान गर्ने गरेको हुँदा यो सुविधा पनि पर्याप्त हुननसकेको अवस्था छ ।

भोजपुरमा विकाश र राजनीति एकसाथ अगाडी बढाउनका निम्ती मैले सामान्यतया भन्नु पर्दा हिजो देखी हालसम्म पनि राजनैतिक व्यक्तित्व बनाएका व्यक्तिहरुका बारेमा हेर्दा पार्टी वा दल भित्र प्रतिस्पर्धी राजनीति गरेको पाइन्छ ।

त्यस्ता स्वभावका नेतालाई नेतृत्व तहले लडाकुका रुपमा मात्र अगाडि सार्ने गरेको र राज्य संचालनका संयन्त्रहरु संगको सम्पर्क बाट टाढै राख्न चाहने चलनले गर्दा आफु र आङ्खनो जिल्ला लाई अगाडी बढाउन नसकिरहेको अवस्था विद्यमान छ।

प्रशासनिक क्षेत्रमा माथिल्लो तहमा रहेका व्यक्तित्व (केहि बाहेक) ले यस क्षेत्रमा स्थाइ बसोवास गर्दा दिगो भविश्यको सम्भावना कम छ भन्ने बुझाइलाई प्राथमिकता दिइ अाफ्नाे जिल्लालाई कम महत्व दिने गरेको हुनाले भोजपुरको विकासक्रम पछाडि परेको हो की भन्ने मेरो बुझाइ रहेको हुंदा माथि उल्लेखित सरोकारवाला व्यक्ति व्यक्तित्व जिम्मेवार भइ सोच्न सके भोजपुर जिल्लाको मुहार परिवर्तन गर्न साथै लोकतन्त्रको अनुभुति गर्न धेरै समय पर्खनु पर्ने देखिंदैन ।

लेखक नेपाल तरुण दलका केन्द्रिय उपाध्यक्ष हुन् । याे लेख करिब चार बर्ष अगाडि लेखिएकाे हाे । प्रधान–सम्पादक

प्रकाशित मिति: १५ जेष्ठ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्