युवतीको विवाहपूर्वको सेक्स अनुभव छापिएपछि हंगामा


 


विवाहपूर्वको सेक्सका विषयमा पाकिस्तानी महिलाले लेखेको लेखले सामाजिक सञ्जालमा ठूलो बहस सुरु भएको छ । जेहरा हैदरले ‘वाइस’नामक पत्रिकामा प्रकाशित गरेको ‘पाकिस्तानमा विवाह पूर्वको सेक्सबाट मैले के सिके ’ शीर्षकको लेखले चर्को रुढीवादी देश पाकिस्तानमा मानिसहरु दुई भिन्न भिन्न पक्षमा उभिएर तर्क गरेका छन् ।

आफ्नो १९ औं जन्मदिनभन्दा ठीक पहिला टोरेन्टोमा बस्ने हैदरले पाकिस्तानमा विवाहपूर्व आफ्नो सेक्स अनुभव र घरमा त्यसबारे जानकारी भएपछि आमा–बाबुले गरेको व्यवहार उनले आफ्नो लेखमा उल्लेख गरेकी छिन् ।

हैदर लेख्छिन्–जब मैले विवाहपूर्व सेक्स सम्बन्ध राखेको परिवारजनमा जानकारी भयो,तब निकै नाटकीय र तर्कहीन जवाफ दिइयो । ’ उनले आफ्नो लेखमा भनेकी छिन्–पाकिस्तानमा विवाह पूर्वको सेक्स एक प्रतिबन्धित विषय हो । हाम्रो समाजमा पुरुषहरुको दवदवा छ । यस्ता पुरुषको विषयमा मैले कुनै धारणा बनाएकी छैन । तर कुनै मध्यमवर्ग वा गरीव परिवारकी कोही विवाह भन्दा पहिले सेक्स गर्छिन भने उनी पक्राउ पर्छिन र यसले बवाल मच्चाउँंछ । ’

उनले लेखेकी छिन् पाकिस्तानमा विवाहपूर्वको सेक्स सम्बन्ध र त्यसप्रतिको दृष्टिकोण अझै पनि अनुदार छ, पुरुषको बिबाह अघिको सेक्स लाइफ र महिलाकोमा आकाश जमिनको फरक रहेको छ। निरंकुश शासक पुर्व राष्ट्रपति जिया अल हकको शाशनका दौरान तिब्र इस्लामिकरणले विवाहपूर्वको सेक्स सम्बन्धलाई अपराध मानेको र (जिना) ढुंगाले हानेर मारिने कारवाही र योनांग काटेर नपुंशक बनाउने सजाय(हुधुड) जस्ता सजायलाई पकिस्तानको कानूनमा समाबेश गरियो । त्यहि सरकारले बलात्कारको सजायमा पुरुषलाई माफि दियो र बलात्कारमा स्वयम महिलाको विवाहपुर्वको सेक्स भन्दै जेल चलान गर्ने व्यस्था गरिएको उनको लेखका उल्लेख छ ।

उनले लेखको सुरुमै ट्रिब्युन डटकम डट पिकेको सर्वेक्षणलाई आधार मान्दै लेखेकी छिन् कि पाकिस्तान इन्टरनेटमा विश्वमै सबैभन्दा धेरै अस्लिल चलचित्र खोजी गर्ने देश हो । उनले टोरन्टो आउनुपुर्व पाकिस्तानमै रहदाँ १२ जनासंग सेक्स गरेको पनि उल्लेख गरेकी छिन् । तर उनको सेक्स जीवन अत्यन्तै दबित रहेको कुरा स्वीकारछिन् र यो सामान्य पाकिस्तानी महिलाको अधिकार मात्रै नभएर समस्त मानव अधिकारको हनन पनि हो भनेकी छिन् ।

कतिपयले यो साहसिक लेखका लागि हैदरको स्वागत गरेका छन् भने कसैले निकै चर्को निन्दा गरेका छन् । पाकिस्तानी लेखिका बीनाशाहले यस विषयमा कुरा गर्दै ‘ पाकिस्तानमा सेक्सका विषयमा अव्यक्त र अलिखित नियम तोड्न ’ यो लेख सहीभएको भन्दै प्रशंसा गरेकी छिन् । शाहले सामाजिक सञ्जालमा लेख्छिन् ‘ म यस प्रकारका मैले के गरे जस्ता लेखनीको फैन हुँं,तर हैदरका विषयमा मैले यो देखे किउनले यसो किन गरिन् । उनले पाकिस्तानी युवाको एक खास वर्गमा सेक्सलाई लिएर प्रचलित दोहोरो मापदण्डमाथि हमला गरेकी छिन् । ’

हैदरले लेखेको एक खुलापत्रमाअलीमोइननवाजिशले ‘ संस्कृतिमाथि टिप्पणी’ गरेको भन्दै आलोचना गरेका छन् । आफ्नो फेसबुकमा नवाजिश लेख्छन्–म मान्छु कि पाकिस्तानमा केही मुद्दा छन्,केही मानिस महिला हरुमाथि गलत व्यवहार गर्छन र यसलाई रोक्न जरुरी छ । तर पाकिस्तानीहरुको मानसिक अवस्थामाथि रोग ,धरतीमा सेक्सका लागि सबैभन्दा अनुदार राख्नेवाला र सेक्सको आनन्द दवाउनेका लागि औषधी जरुरत छ । तर यसको बढ्ता आलोचना गरेर आफ्नो व्यक्तिगत कुण्ठा निकाल्ने एक दयनीय प्रयास हो । यदिकुनै मानिस अलगअलग तरिकाले रहन्छन् भने उनी तिमीबाट कम खुशी या कम स्वतन्त्र बनाइदिन्छ । ’

ट्विीटरमा यस मुद्धाका विषयमा राय बाझिएको छ । जेहरा हैदर शुक्रबारबाट पाकिस्तानमा ट्रेन्ड पनि गरिरहेका छन् ।वकास इकवालले आफ्नो ट्विीटमा लेख्छन्‘ जेहरा हैदरलाई सम्झाउन जरुरी छ कि मानिसहरु सामुन्ने आफ्नो दिमागखोल्नु र टांग फैलाउनुका वीच निकै फरक छ । ’

प्रकाशित मिति: १९ बैशाख २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्