होमवर्को ट्रेलर र गीत सार्वजनिक


 


homework

गोपिकृष्ण मुभिजको चलचित्र ‘होमवर्क’ को मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा प्रोमो तथा गीत सार्वजनिक गरिएको छ ।

आगामी जेठ ७ गते प्रदर्शन हुने यो चलचित्रमा अभिनेता आर्यन सिग्देलले दोहोरो भूमिका निर्वाह गरेका छन् । दुई मध्ये एउटा भूमिकामा आर्यनले ६५ वर्षीय वृद्ध व्यक्तिको भूमिका निर्वाह गरेका छन् ।

समारोहमा आर्यनले वृद्धको भूमिका निर्वाह गर्नुअघि धेरै मेहनत गर्नु परेको बताए । मेकअपमार्फत आर्यनलाई वास्तविक रुपमै वृद्ध देखाइएको छ । समारोहमा सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता आर्यन सिग्देल नै हावी छन् ।

दुबै भूमिकामा रहेका आर्यनलाई ट्रेलरमा प्राथमिकता दिएको छ । समारोहमा चलचित्रको ‘हराए म तिम्रो’ शीर्षकको गीत पनि प्रिमियर गरियो, जसमा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री नम्रता श्रेष्ठले रोमान्स गेका छन् ।

उक्त गीतमा बादल लिम्बु तथा प्रविशा अधिकारीको पाश्र्व गायन छ । ताराप्रकास लिम्बु उक्त गीतका संगीतकार हुन् । निरक पौडेलद्वारा निर्देशित यो चलचित्रमा आर्यन तथा नम्रताका अतिरिक्त गौरी मल्ल, जिपि तिमिल्सेना आदि कलाकारले अभिनय गरेका छन् । पुरुषोत्तम प्रधान यो चलचित्रका छायांकार हुन् ।

प्रकाशित मिति: २२ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्