हेर्नुहोस् आज कति छ सुनको भाउ ?


 


काठमाडौँ, असार ९

आज पनि सुनको भाउ स्थिर रहेको छ । शुक्रबार ऐतिहासिक मूल्य कायम गरेको छापावाल सुनको भाउ तोलाको ६५ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

बिहीबार र शुक्रबार दैनिक तोलामा एक / एक हजारको वृद्धि देखिएपछि सुनको भाउले रेकर्ड कायम गरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी तोलाको ७४० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: ९ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्