प्रदेश १ का का तीन स्थानिय तहमा अझै बैंक पुगेन


 


विराटनगर, असार ९

सरकारले सवै स्थानिय तहमा बैंक तथा वित्तिय संस्थाहरुको पहुँच पुर्याउने लक्ष्य लिएपनि व्यवहारमा भने कार्यान्वय भएको पाईएको छैन । सरकारको नीति अनुरुप बैंक र वित्तिय संस्थाहरु स्थानिय तह सम्म पुग्न नसक्दा सेवाग्राहीहरु मारमा पर्दै आएका छन् ।

राज्यको पुर्नसंरचना पश्चात स्थानिय तहहरु गठन भइसके लगतै राष्ट्र बैंकले सवै कमर्सियल बैंकहरुलाई सवै स्थानिय तहमा जानका लागि निर्देशन दिईसकेको र कुन-कुन बैंकहरुले कुन-कुन स्थानिय तहमा बैंकिङ सेवा पुर्याउने झण्डै ३ वर्ष अघिनै तय भएको हो ।

तर पनि हाल सम्म प्रदेशका सवै स्थानिय तहमा बैंक तथा वित्तिय संस्थाहरुको पहुँच पुग्न सकेको छैन । प्रदेश नं. १ का ३ स्थानिय तह अझैँ बैक विहिन अवस्थामा रहेका छन् ।

सो प्रदेशका कुल १३७ स्थानिय तह मध्ये आर्थिक वर्ष २०७५/०७६ को जेठ मसान्त सम्ममा १ सय ३४ स्थानीय तहमा माब बैंक तथा वित्तिय संस्थाहरु पुगेको राष्ट्रबैंक विराटनगरले जनाएको छ ।

प्रदेश १ का मिक्ला खोला गाउँपालिका, मिरिङदेन र चिसंखुगढी गाउँपालिकामा बैंकका शाखा पुग्न नसकेका हुन् । नेपाल राष्ट्र बैंक विराटनगरका उप–निर्देशक इश्वर कटुवालले बैंक तथा वित्तिय संस्थाहरु अहिले खोलिने अवस्थामा रहेको र अझ पनि बढिरहेकाले निकट भविष्यमा सवै स्थानिय तहमा बैंक तथा वित्तिय संस्थाहरु पुगि सक्ने दावी गरे ।

प्रकाशित मिति: ९ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्