भुकम्पपीडितलाई राहत सामाग्री वितरण


 


rahatभोजपुर जेठ १५

भोजपुरे सेवा समाज काठमाडौंको सक्रियतामा जिल्लाको खाटम्मा र चौकीडाँडाका भुकम्पपीडितलाई राहत सामाग्री वितरण गरिएको छ। समाजका अध्यक्ष पासाङ शेर्पा एवं संविधान सभा सदस्य जयन्ती राईले संयुक्त रुपमा गाबिसका प्रतिनिधि नारद राई र सुभाश अधिकारीलाई संखुवा-सभाको चेवाबेसीमा सामाग्री हस्तान्तरण गरेका हुन्। खाटम्मा गाबिसको लागि समाजले कम्बल-५० थान, पाल-७० थान र म्याट १ रोल प्रदान गरेको छ भने चौकीडाँडाका लागि कम्बल- ५० थान, पाल-४० थान र म्याट १ रोल प्रदान गरिएको शुभाश अधिकारीले बताए। समाजले भूकम्प पिडीत परिवारको सहयोगको लागि जिबिस मार्फत १०० थान पाल सहयोग गरेको अधिकारीले बताएका छन। खाटम्मा गाबिसका एक सय २७ घरमा पूर्ण क्षति तथा ९९ घरमा आंशिक क्षति पुर्याएको छ भने चौकीडाँडामा ४१ घरमा पूर्ण क्षति पुर्याएको छ भने ८३ घरमा अंशिक क्षति पुर्याएको छ।

सच्चाइएको

प्रकाशित मिति: १५ जेष्ठ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्