पथरीशनिश्चरेको बजेट ७२ करोड ५२ लाख


 


पथरीशनिश्चरे, असार १०

मोरङको पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि ७२ करोड बढी रुपैयाँको अनुमानित बजेट पारित गरेको छ ।आजको पाँचौं नगरसभाले नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलामार्फत प्रस्तुत नीति कार्यक्रम सहित ७२ करोड ५२ लाख ६४ हजार रुपैयाँको बजेट पारित गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

उहाँले वुधवार पत्रकार सम्मेलनमार्फत नीति, कार्यक्रम तथा बजेटका बारेमा नगरवासीलाई जानकारी गराइने वताउनु भयो । १० वटा वडा रहेको नगरमा आर्थिक वर्ष ०७६/७७ का लागि १ करोड रुपैयाँको दरले वडाको बजेट सिलिङ तय भएको छ ।

प्रकाशित मिति: १० असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्