बंगलादेशमा इस्लामिक नेतालाई फाँसी


 


bangladesh leader

बंगलादेशको सबै भन्दा ठूलो इस्लामिक कट्टरपन्थी पार्टीका एक नेतालाई युद्ध अपराधको आरोपमा फाँसी दिइएको छ ।

जमाते इस्लामी पार्टीका नेता मुतिउर रहमान निजामीलाई फाँसी दिइएको सरकारी अधिकारीले बताएका छन् । नेता निजामीलाई सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुने क्रममा भएको संघर्षमा मानवता विरुद्ध अपराध गरेको अदालतले ठहर गरेपछि फाँसी दिइएको हो ।
बंगलादेशको सर्वोच्च अदालतले गएको सोमबार निजामीको फाँसी विरुद्ध परेको अपिल खारेज गरेको थियो । सन् २०१३ यता बंगलादेशमा पाँच जना शीर्ष तहका नेतालाई फाँसीको सजाय दिइएको छ । फाँसीको सजायबो भने विरोध हुने गरेको छ । -एजेन्सी

प्रकाशित मिति: २९ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्