एसिड प्रहारबाट घाइते सीमा राहत वितरण गर्दे



sima_acidकाठमाडौं जेठ १५

एसिड प्रहारबाट घाइते सीमा बस्नेतले भूकम्प पीडित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्दै छिन् । यही जेठ २१ गते काभ्रे र सिन्धुपाल्चोक जिल्लाको ५/५ गाविसहरुमा शैक्षिक सामग्री वितरण गर्ने बस्नेतले बताइन् । गत फागुन १० गते बिहान काठमाडौं वसन्तपुरको झोंछेस्थित एक ट्युसन सेन्टरमा सीमा बस्नेत, संगीता मगर र हेमु मुखर्जीमाथि एसिड प्रहार भएको थियो । एसिड प्रहार गर्ने २२ वर्षीय जीवन विक पक्राउ परिसकेका छन् । सीमा बस्नेत तथा सन्तोष तिमिल्सिना लगायतको समूह भूकम्प पीडित बालबालिकाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउन लागेका हुन् । उनीहरुले कापी, डटपेन लगायतका शैक्षिक सामग्री १० हजार थानभन्दा बढी बाँड्नेछन् । उनीहरुले स्टेसनरी सामग्री उत्पादक, वितरक तथा व्यक्तिहरुबाट राहतको रुपमा शैक्षिक सामग्री संकलन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News