आत्महत्याका गर्न सिंहको खोरमा नांगै खसेपछि…



aatmahatya
सुसाइट नोट लेखेर एक व्यक्ति आत्महत्याका लागि चिडियाखानाको सिंहको खोरमा नांगै खसेका छन्। उक्त व्यक्तिलाई बचाउनका लागि चिडियाखाना प्रशासनले दुई वटा सिंहलाई गोली हानि मारेको छ।

‘मान्छे खसेपछि पहिलो प्राथमिकता उसको जीवन रक्षा गर्ने हो,’ चिडियाखाना प्रशासनले भनेको छ। शनिबार चिलीको सैंटियागो महानगर चिडियाखानामा खसेका अन्दाजी २० वर्षीय युवकलाई सींहको पञ्जाबाट उद्धार गरी नजिकैको अस्पताल लगिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनको अवस्था चिन्ताजनक रहेको अस्पताल प्रशासनले जनाएको छ। शनिबार दिउँसो भीडभाड भएको बेला सिंहको खोरमा उक्त व्यक्ति आत्महत्याका लागि भन्दै नांगै झरेका थिए।

मान्छे खस्ने बित्तिकै दुई वटा सिंहले आक्रमण गरेका थिए। लगत्तै चिडियाखानका मान्छेले मानिसको ज्यान बचाउनु ठूलो कुरा भन्दै सिंहलाई गोली हानेर मारेका थिए।
महानगर पार्क चिडिया घरका निर्देशक मौरिसियो फेब्रीका अनुसार उक्त व्यक्तिको बाहिर रहेको कपडामा ‘सुसाइट नोट फेला परेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News