सावधान ! एक खिल्ली चुरोटले वर्षमा एक महिना आयु घटाउछ



काठमाडौं धेरैजसो युवायुवती आधुनिक देखिन, तनावबाट मुक्ति पाउन, चिन्ता हटाउन, काममा जोस जगाउन अरूको लहैलहैमा, चलचित्र, विज्ञापन तथा अग्रजहरूको नक्कलमा, साथीभाइको संख्या बढाउन र विपरीत लिंगीको ध्यान आफूतिर आकर्षित गर्न धूमपान गर्छन्। त्यसैमा युवतीको संख्या डरलाग्दो किसिमले बढ्दो छ। यो कुरा मुख परीक्षण गर्दा तथा सहरबजारको रात्रि जीवनमा देख्न सकिन्छ।

सहरी होस् वा ग्रामीण, शिक्षित होस् वा अशिक्षित, पुरुष हुन् वा महिला, वयस्क हुन् वा युवायुवती, जोसुकैमा धूमपानको कुलतले जरा गाडेको छ। धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा राम्ररी बुझेका र पढेलेखेका युवायुवतीमा समेत धूमपानको लत छाडा रूपमा बढ्दै जानुमा केही हदसम्म उनीहरूका अभिभावक पनि जिम्मेवार छन्।

सुर्तीजन्य पदार्थ सेवन विश्वका लागि टड्कारो समस्या बनिरहेको र सुर्तीजन्य पदार्थको खपत सयौं गुणाले बढ्दा उत्पन्न शारीरिक, मानसिक, पारिवारिक, आर्थिक, सामाजिक र वातावरणीय असर सम्झँदा नै कहाली लाग्ने भएको छ। विश्वमा हुने मृत्युमा उच्च रक्तचापपछि दोस्रो कारकमा पर्ने धूमपानले हाल हरेक १० जना बयस्कलाई समेत मार्ने गरेको छ।
धूमपान स् सुर्तीजन्य वनस्पति प्रमुखतस् निकोटियना रस्टिका र निकोटियना टोबाकमको पात सुकाएर सीधै वा विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरी वा प्रशोधनपछि अन्य तत्व मिलाएर प्याकेटमा राखी बनाइएका चुरोट, बिँडी, सुर्ती, सुल्फा, जर्दा, पराग र गुट्खा इत्यादिमा हुने निकोटिन नामक रासायनिक पदार्थलाई कुनै पनि माध्यम चाहे मुख, म्युकोसा, नाक वा छालाबाट होस् शरीरले ग्रहण गर्नु वा अवशोषित गर्नुलाई धूमपानको संज्ञा दिइन्छ। यो धुवाँ सेवन मात्र नभएर सुर्ती सेवन हो र एक प्रकारले दुव्र्यसन हो।

सुर्ती सेवनका रूप स् सुर्ती धुवाँका रूपमा वा धुवाँरहितका विभिन्न रूपमा खाने गर्ने गरिन्छ।

धुवाँका रूपमा स् नेपालमा ५५ प्रतिशत नागरिकले धुवाँको रूपमा सुर्ती सेवन गर्छन्। आर्थिक हैसियतअनुसार सिँगार, चुरोट, बिँडी, चिलम, तमाखु, ककड, पाइप त्यसैमा अझ घरानिया र बूढाबूढी छन् भने हुक्का, हुकली, चुट्टा, घुम्टीको रूपमा सुर्ती सेवन गर्छन्। गाउँका महिला जो बच्चाका आमा हुन्छन् उनीहरूले चुरोट, बिँडी उल्टोमुखी सेवन गरेको पाइन्छ।

धुवाँरहित रूपमा स् हाम्रो मुलुकका ४५ प्रतिशत नागरिकले सुर्ती धुवाँरहित रूपमा प्रयोग गर्छन्। हिजोआजका युवावस्था र केटीमा यस्तो रूपको धूमपान सेवन बढी देखिन्छ। यसमा चपाएर प्रयोग गर्ने सुर्ती (पान, सुपारी वा सुर्ती मात्रै जस्तै– जर्दा, मावा), मुखमा राखी रस लिने÷चुस्ने सुर्ती (जस्तै– खैनी, मैनपुरी सुर्ती, नास, निस्वार, सुर्ती र चुन), दाँत, गिँजा वा मुखको अन्त्यमा भागमा लेप्ने सुर्ती जस्तै– बजार), दाँत सफा गर्न (मञ्जनको रूपमा प्रयोग गरिने सुर्ती जस्तै– गुल, गुडाखु, मि श्री, मसेरी) र वास÷गन्ध लिने सुर्ती (जस्तै– स्नफ)। थुप्रै रूप र नामले सुर्तीको सेवन गरेको पाइन्छ नेपालमा।

सुर्तीलाई परापूर्वकालमा औषधिका रूपमा, घरानियाको प्रतीकका रूपमा र धार्मिक रूपमा प्रयोग गरिए पनि प्राचीनकालमै यसका बेफाइदा थाहा भइसकेको हो। प्राचीनकालमा टर्कीमा धूमपान गर्नेलाई मृत्युदण्ड दिने चलन थियो। रूसका राजा जारहरूद्वारा धूमपान गर्ने प्रजाहरूलाई कोर्रा लगाउने, नाक काटिदिने र साइबेरिया पठाइदिने प्रथा थियो। तर वैज्ञानिक आधार पत्ता लागेको ५० वर्ष मात्र भएको छ।

अप्रशोधित सुर्ती वा ककडमा २५ सयभन्दा बढी रासायनिक तत्व हुन्छन् भने ४३ तत्वहरू कार्सिनोजन हुन्छन्। यही सुर्तीलाई धुवाँका रूपमा सेवन गर्दा चार हजार रसायन हुन्छ। यसमा चार सय विषालु पदार्थ ९५ प्रतिशतभन्दा बढी ग्यास र ६० प्रतिशतभन्दा बढी क्यान्सर बनाउन सक्ने तत्वहरू हुन्छन्। चुना मिसाउँदा प्राणघातक रोग तथा क्यान्सर लाग्ने खतरा धेरै बढाउँछ।

नकारात्मक असर स् एक खिल्ली चुरोटले मानिसको आयु साढे पाँच मिनट हरेक वर्ष एक महिना र ५० वर्षमा चार वर्ष घटाउँछ। त्यसैमा पनि धूमपानकर्ता जति वर्ष बाँच्छ, उक्त समयभर पनि कष्टरहित र गुणस्तरयुक्त जीवन बाँच्न सक्दैन। वरिपरि बस्ने मानिसलाई पनि असर र्पुयाउँछ। युवा उमेरदेखि नै धूमपान सेवन गर्न सुरु गर्ने र लगातार २० वर्षसम्म वा बढी समयसम्म सेवन गरिरहन्छ भने धूमपान नगर्नेको तुलनामा तिनीहरूको २०–२५ वर्षअगाडि नै अकालमा मृत्यु हुन जान्छ।

कुनै पनि एकल रोगभन्दा बढी मृत्युकारक रोग निम्त्याउने पदार्थ धूमपान नै हो। यसले २५ किसिमका विभिन्न रोगहरू प्रत्यक्ष किसिमले र विभिन्न दुईतिहाइजति क्यान्सर बनाउँछ। सुर्ती सेवनले नकारात्मक असर नपार्ने शरीरको कुनै पनि अंग, तन्तु र रोग नभएको जानकारी सबैलाई चेतना भया।

दन्त स्वास्थ्य स् प्रायस्जसो धूमपानका जुनसुकै रूप सेवन गरे पनि शरीरको प्रवेशद्वार मुख अछूतो रहँदैन। सुर्तीजन्य पदार्थ धुवाँरहित रूपमा मुखमै प्रयोग गरिने भएकाले मुखमा, दाँतमा विभिन्न समस्या उत्पन्न गराउँछ। तुलनात्मक रूपमा मुखका लागि धुवाँरहित सुर्ती सेवन बढी हानिकारक देखिन्छ।

सुर्तीले दाँतलाई खस्रो बनाउँछ। चुरोटको धुवा“को सीधै तापले कोष मार्छ। थुक बढी निकाली दन्तपत्थर बढाउँछ। केराटिन निकाल्ने कोष बढाउँछ। घाउ निको हुन ढिलो हुन्छ। दन्तहर्षा, पाइरिया बनाउँछ। मुखमा, गिँजामा सेतो दाग, पत्र, च्यापुमा घाउ बनाउँछ। एनग, गिजाको विषाक्तता हुने गर्छ। दाँत बस्ने हड्डीको नोक्सान हुन जान्छ। टोबाको लाइम युजर्स लिजन, स्नफ इन्ड्युस्ड लिजनजस्ता घाउखटिरा देखिन्छन्। ओरल लाइकन प्लानस, चिबरस म्युकोसा र इपिथेलियल डिस्प्लासिया पनि सुर्ती सेवन गर्नेमा देखिन्छ।

क्यान्सर हुनुपहिलेको अवस्था प्रिक्यान्सरेस लिजन र कन्डिसन देखिन्छ। सबैभन्दा डरलाग्दो र भयावह मुखको अर्वुद रोग पनि सुर्ती सेवनले ९५ प्रतिशतमा निम्त्याउँछ। सुर्ती सेवनले यस्ता अनगिन्ती दाँत तथा मुखका रोग मात्र निम्त्याउँछ।

(न्याम्स वीर अस्पतालमा कार्यरत डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्।)

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News