कंगोमा इबोला फैलिएपछि विश्व स्वास्थ्य संगठनद्वारा अन्तर्राष्ट्रिय आपत्काल घोषणा



काठमाडौं, ५ जेठ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कंगोमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय आपत्काल घोषणा गरेको छ।

पूर्वी इटुरी प्रान्तमा २४६ संक्रमितसँगै ८० जनाको मृत्यु भएपछि यसलाई अन्तर्राष्ट्रिय आपत्काल भनिएको हो । यो प्रकोप महामारी भने नभएको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

बुन्डिबुग्यो भाइरसका कारण फैलिएको इबोला भाइरसको कुनै पनि स्वीकृत औषधि वा खोप नरहेको डब्लूएचओको भनाइ छ ।

कंगोका विभिन्न प्रान्तमा देखिएको इबोला छिमेकी देशसम्म पुगेको डब्लूएचओले जनाएको छ । युगान्डामा बिहीबार इबोलाबाट ५९ वर्षीय पुरूष संक्रमित भएका थिए ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्