श्रीमती बाजी राख्ने यी श्रीमान् !



नयाँ दिल्ली, जेठ १५

इण्डियन प्रिमियर लिग (आइपिएल)को नवौं संस्करण आइतबार सकिएको छ। तर त्यही आइपिएलका खेलमा भारतका एक पुरूषले आफ्नी श्रीमती नै बाजी राखेको र उनले बाजी हारेको कुरा अहिले चर्चामा आएको छ ।

भारतीय समाचारत्र द हिन्दुका अनुसार उत्तरप्रदेशको कानपुर जिल्लाका रविन्दर सिंहले आइपिएलमा बाजी राख्दाराख्दै सबै सम्पत्ति सकिएपछि श्रीमतीलाई दाउमा राखेर बाजी राखेका थिए।

उनले त्यो बाजी पनि हारेको समाचारमा जनाइएको छ। सिंहका साथीले उनकी श्रीमतीलाई प्रहरी र महिला अधिकारकर्मी गुहार्न आग्रह गरेपछि यो घटना बाहिर आएको बताइएको छ ।

प्रहरीले सबै पैसा र सम्पत्ति बाजीमा हारेपछि सिंहले श्रीमतीलाई दाउमा राखेको बताएको छ। उनीहरुको पाँच वर्षअघि बिहे भएको थियो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News