एक सय वर्ष कटेका बृद्धबृद्धाले गरे विवाह !


 


काठमाडौं । भनिन्छ, प्रेम गर्न उमेरले छेक्दैन् । मानिस जवान हुँदा होस् वा बुढ्यौली जुनसुकै उमेरकाले पनि प्रेम गर्न सक्छन् । यो कुरा अमेरिकाका एक जोडीले प्रमाणित गरिदिएका छन्, त्यो पनि सय वर्षको उमेरमा ।

अमेरिकाको ओहियोका सय वर्षका जोन र १ सय २ वर्षकी फिलिस कुकले विवाह गरेका छन् । दुबै पछिल्लो एक वर्षदेखि एक–अर्कासँग डेटमा थिए । दुबैको भेट गत वर्ष किंग्सटन रेसिडेन्स नामको वृद्धाश्रममा भएको थियो । त्यसपछि उनीहरुको दोस्तीसँगै प्रेममा परिणत भयो ।

उनीहरु एक–अर्कालाई डेट गर्न थाले र उनीहरुले विवाह गरेका छन् । जोनले दोस्रो विश्वयुद्ध लडेका थिए । उनी भर्खरै सय वर्ष पुगेका हुन् । अगस्ट ८ मा फिलिस १ सय ३ वर्ष पुग्नेछिन् । उनकी आमा १ सय ६ वर्ष बाँचेकी थिइन् । जोका श्रीमतीको करिब १० वर्षअघि निधन भएको थियो । यस्तै, फिलिसका श्रीमानको १५ वर्षअघि निधन भएको थियो ।

श्रीमानको निधनपछि नै उनी वृद्धाश्रममा बस्न थालिन् । यो नवविवाहित जोडीले राम्रो सम्बन्धको कडी के हो भन्ने प्रश्नमा उत्तर दिए, ‘एक–अर्काप्रतिको सम्मानले नै सम्बन्धलाई दिगो बनाउँछ ।’

प्रकाशित मिति: ५ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्