भोजपुर सेवा समाज कुवेतको अध्यक्षमा राई



bhojpur kubetकुवेत, जेठ २३

भोजपुर सेवा समाज कुवेतको पहिलो अधिवेशनले कोशराज राईलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । मुर्गावस्थित प्यारागन होटेलमा शुक्रबार भएको अधिवेशनले डेण्डी शेर्पा, राजकुमार राई र लक्ष्मण कार्कीलाई उपाध्यक्षमा चयन गरेको छ ।

महासचिवमा मानबहादुर तामाङ (दिलकुमार पाख्रिन), सचिव हेमराज भण्डारी, कोषाध्यक्ष प्रेमकुमार राई र सहकोषाध्यक्षमा पासाङ ङिमा शेर्पा निर्वाचित भएका छन् । समाजको सदस्यहरुमा ज्ञानप्रसाद राई, सुरेश राई, बखानसिंह राई, गोन्दा शेर्पा, केसर राई, विकास राई, भिमराज मगर, दिलकुमार राई, चन्द्रकुमार राई, मनिकुमार राई, सुजा राई, डली शेर्पा, दिलकमारी राई, सुमित्रा तामाङ, इन्द्रकुमार राई, कविराज तामाङ, पासाङ शेर्पा र पेम्बा शेर्पा रहेका छन् ।

‘प्रवासी भोजपुरेको एकता, भोजपुर विकासको प्रतिवद्धता’ भन्ने नाराका साथ दुई वर्ष अघि कुवेतमा भोजपुर सेवा समाजको तदर्थ समिती गठन भएको थियो । अधिवेशनले समाजको प्रमुख सल्लाहकारमा एनआरएन कुवेतका महासचिव अमित चाम्लिङलाई चयन गरेको छ भने माया राई, सुधिर राई र चुडाराज भट्टराई सल्लाहाकार रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News