वरिष्ठ सङ्गीतकार गुरूङको स्वास्थ्यस्थितिबारे बुझ्न प्रम र मन्त्री अस्पतालमा


 


13342386_809170462516924_1913357107_nकाठमाडौँ, जेठ २३

प्रधानमन्त्री केपी शर्मा ओली र सूचना तथा सञ्चार मन्त्री शेरधन राई वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति बुझ्न आज धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् । प्रधानमन्त्री र सञ्चार मन्त्री अस्पताल पुगेर  गुरुङका परिवारजन र उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् । उनिहरूले गुरुङलाई सरकारले जतिसक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत छन् । भेन्टिलेटरमा राखी उपचार भइरहेको उनकाे स्वास्थ्यस्थिति शुक्रबार बिहान गम्भीर भए पनि शनिबार सामान्य सुधार आएको थियो । गुरुङ गए राति १ः३० बजे एक्कासि बेहोस भएपछि कृत्रिम श्वासप्रश्वास दिएर राखिएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्