सरकारी कार्यालयमा आक्रमण, सात जनाको मृत्यु


 


पुली अलाम,  जेठ २४

अफगानी तालिवानी बन्दुकधारी समूह एकसाथ अफगानिस्तानको लोगार प्रान्तको राजधानी पुली अलाममा रहेका सरकारी कार्यालयको खानतलासी लिने भन्दै आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ । तालिवानी विद्रोहीले आफ्नो यो आक्रमण उनीहरुको सरकारविरुद्धको तेस्रो बदलापूर्ण आक्रमण भएको बताएका छन् ।

तालिवान विद्रोहीले गत हप्ता सरकारी जेलमा रहेका लडाकूलाई फाँसीको सजाय सुनाएपछि बदलास्वरुप यो आक्रमण गरिएको जनाएको छ ।घटनामा कार्यालय प्रमुखसहित सात जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति: २४ जेष्ठ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्