अलबिदा अमर गुरूङ


 


ambar-gurungकाठमाडाैं, जेठ २५

बरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ । उनको निधनको खबरसँगै उनका शुभचिन्तक, साहित्यकार, गीतकार तथा संगीतकारहरु शोकमा डुबेका छन् । लामो समयदेखि बिरामी परेका गुरुङको मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको हो ।

नेपाल नाट्यकला प्रतिष्ठानका उपकुलपतिसमेत रहेका गुरुङ ७ फागुनमा आफ्नै निवासमा एक्कासी लडेपछि उनलाई धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला उनी खतरामुक्त रहेको जानकारी चिकित्षकहरुले दिएका थिए । केही वर्षदेखि पार्किन्सन्स र मधुमेहबाट समेत गुरुङ पीडित थिए ।

अलबिदा अम्बर गुरूङ

अम्बर गुरुङको जन्म वि.सं. १९९४ मा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट भारतको दार्जिलिङको लालढिकीमा भएको थियो । उनका बुबामात्र होइन, हजुरबुबा देवराज गुरुङ पनि सेनामा जागीर खान्थे । अम्बर गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो ।

तीन छोरा : किशोर, राजु तथा शरदमणि र एक छोरी अलकाका पिता गुरुङले आई. ए. सम्म मात्र पढेका हुन्। ०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सँगीत निर्देशकसमेत रहेका गुरुङ हाल काठमाडौंको महाराजगञ्ज चक्रपथ नजीकै बसोबास गर्थे।

गायन तथा सँगीत सुरुवात वि.सं. २०१६ माघ कलकत्तावाट दुई गीत इम अम्बर हुँ’ र ‘सम्हालेर राख’बाट गीतिलेखन प्रारम्भ गरेका हुन्। सँगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१मा अगमसिंह गिरीले रच्नुभएको गीत रेकर्ड गरेका थिए- ‘नौ लाख तारा उदाए’। एक हप्तामै पाँच सय प्रति बिक्री भएको यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो। पछि यही गीत नेपालीले धेरै मन पराए।

राजा महेन्द्रले यही गीत मन पराएर अम्बरलाई उनको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाउँथे। उनी वि.सं. २०२५ सालमा नेपाल आए। वि.सं. २०२६ सालमा (दोस्रोपटक) नेपाल आएका बेला पनि राजा महेन्द्रले फेरि एकेडेमीमा बस्न प्रस्ताव दोहोर्‍याएपछि गुरुङ नेपाल आएर बसे।

वि.सं. २०२६मा सँगीत विशेषज्ञका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश भए। सँगीत प्रमुख, सँगीतसंयोजक र सँगीत निर्देशक भएर वि.सं. २०५४ मा अवकाश पाए। उनले लक्ष्मीप्रसाद देवकोटाको गीतिनाटक कुन्जिनी, मुनामदनमा सँगीतांकन गरेका छन्। उनले सत्यमोहन जोशीका चार नाटकलगायत माधवप्रसाद घिमिरेको मालती मंगलेमा समेत सँगीत दिएका छन्।

उनले चलचित्र मनको बाँध, जीवनरेखामा पृष्ठसँगीत र पार्श्व सँगीत दिएका छन्। त्यस्तै आदिकवि भानुभक्त वृतचित्र वृतचित्रमा पार्श्वसँगीत,स्वर दिएका छन् । नेपालको वर्तमान राष्ट्रगान सयौं थुंगा फूलका हामी लाई अम्बर गुरुङले सँगीत दिएका हुन्।

अाज उनकाे निधन भएकाे छ । अलबिदा अम्मर गुरूङ

प्रकाशित मिति: २४ जेष्ठ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्