सुत्केरी हुँदा बच्चासँगै बन्दुकको गोली पनि निस्कियो


 


काठमाडौँ । भारतको बिहारको हाजिपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ एक गर्भवती महिलाले बच्चालाई जन्म दिइन् तर जब महिलाले बच्चा जन्माइन् तब डाक्टरको होस उड्यो । महिलाको पेटबाट बच्चासहित बन्दुकको गोली पनि निस्कियो ।

वास्तवमा हाजिपुरको सुल्तानपुरमा बस्ने रुपाले मंगलबार बेलुकी परिवारका सदस्यलाई पेट दुखेको बताइन् । जब उनीहरुले हेरे तब रुपाको पेट नजिकै एउटा घाउ देखियो । परिवारले त्यसलाई साधारण घाउ होला भनेर अस्पतालमा सुत्केरी गराउन भर्ना गरे ।

जब अस्पतालमा भर्ना भएकी रुपा सुत्केरी भइन् तब उनको पेटबाट बच्चासँग बन्दुकको गोली पनि निस्कियो । यो देखेर डाक्टर अचम्ममा परे । उनीहरुले पुलिसलाई यसबारे जानकारी दिएर बोलाए ।

पुलिसको सोधपुछमा महिलाले भने, ‘जब म अबेर राती ढोकामा बसेको थिएँ तब केही आवाज आयो । के भयो भनेर कसैले बुझ्न सकेनौं । त्यसको केही बेरपछि मेरो पेट दुख्न थाल्यो ।’ ‘परिवारले यसलाई प्रसव पीडा ठान्नुभयो र अस्पताल भर्ना गर्नुभयो ।’

यहाँ भाग्य नै भन्नुपर्छ कि गोलीले न त बच्चालाई केही हानी पुर्यायो न नै रुपालाई केही भयो । डाक्टरले पेटमा गोली लागेको बताए । पेटभित्र छिरेको गोलीले कुनै पनि आन्तरिक अंगलाई क्षती भएन ।

नगर थाना हाजीपुरका एसआई परशुराम सिंहले महिलाको पेटमा गोली लागेको खबर पाएपछि पुलिस अस्पताल पुग्यो । आखिर गोली कसरी चल्यो र कसले चलायो भनेर अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ ।

एजेन्सी

प्रकाशित मिति: १६ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्