युराेकपमा जर्मनीकाे सुखद सुरूवात


 


काठमाडौं, जेठ २३

विश्व च्याम्पियन जर्मनीले युक्रेनलाई हराउँदै युरो कप २०१६ मा सुखद सुरुवात गरेको छ । सोमबार विहान भएको आफ्नो पहिलो खेलमा जर्मनीले युक्रेनलाई २-० गोल अन्तरले हराएको हो । कप्तान टोनीको क्रुनको चामत्कारिक प्रदर्शन र मुस्ताफीको हेडगोलका बाबजुद जर्मनी निकै समस्यामा देखिएको थियो । खेलको अन्तिमतिर दोस्रो गोल गर्नुअघि जर्मननीका गोलकिपर म्यानुअल नुयुरले थुप्रै राम्रा बचाउहरु गरे ।

निर्धारित ९० मिनेटको अन्तिम बेलामा मारियो गोट्जेको स्थानमा मैदान प्रवेश गरेका वास्टियन स्वाइन्सटाइगरले अतिरिक्त समयमा गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको अन्तिम बेलामा मारियो गोट्जेको स्थानमा मैदान प्रवेश गरेका वास्टियन स्वाइन्सटाइगरले अतिरिक्त समयमा गोल गरेका थिए । यसअघि खेलमा जर्मनीले १९ औं मिनेटमा मुस्ताफीको हेड गोलमार्फत अग्रता लिएको थियो ।

दुई वर्षअघि ब्राजिलमा विश्वकप जितेयता खेलेको १८ मध्ये सात खेलमा हारेको जर्मनी युक्रेनविरुद्धको खेलमा पनि केही अस्थिर देखिएको थियो । तर, गत महिनामात्र रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रुजको प्रदर्शन भने प्रशंसनीय थियो ।

उनले १९ औं मिनेटमा मुस्ताफीलाई हेड गोलको पास थिए । क्रुजले त्यस्तै राम्रो पास सामी खेदेरालाई पनि दिएका थिए, जसको प्रहार युक्रेनका किपरले रोकेका छन् । साथै दोस्रो हाफको सुरुमा नै उनको प्रहार क्रसबारमा लागेको थियो ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्