स्वीडेनलाई हराउँदै इटली नकआउट चरणमा प्रवेश


 


Italy vs swidenकाठमाडौं, असार ३

इटली युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । अहिले भर्खरै सम्पन्न भएको खेलमा इटलीले स्वीडेनलाई १-० गोल अन्तरले पराजित गरेको हो । लगातार दोस्रो जित हात पारेको इटली ६ अंकसहित अन्तिम १६ मा प्रवेश गरेको हो । पहिलो खेलमा बराबरीमा रोकिएको स्वीडेन भने अब निकै दबावमा परेको छ ।

खेल सकिन २ मिनेट बाँकी छँदा गोल गर्दै इटालीले युरो २०१६ मा शत प्रतिशत नतिजा कायम राखेको छ । प्रतिस्पर्धात्मक खेलको अन्त्यमा एडेरले खेलको अन्त्यतिर स्वीडेनको तीनजना खेलाडीलाई छक्याउदै गोललाई जाली चुमाए ।

 

प्रकाशित मिति: ३ असार २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्