संरक्षणको पर्खाइमा पातलेपानी पोखरी



भोजपुर जेठ १६

patale 2भोजपुर सदरमुकामबाट १२ कोशब दक्षीण देवनटार गाबिस वडा नं ८ र ६ को बीचमा रहेको पातले पोखरी संरक्षणको पर्खाइमा रहेको छ । जङगल भित्र रहेको अनेकौ इतिहास र किबदन्ती बोकेको ऐतिpatale 3हासिक पोखरी मानव अतिक्रमण संगै ओझेलमा पर्न थालेको छ । स्थानीय बुढापाकाहरुको भनाइ अनुसार यो पोखरीबाट नदि बन्दै गर्दा कलि युगले लाग्दा अल्पेको भनाइ छ । पोखरी आसापास खोल्साहरु वरीपरि देख्न सकिन्छ ।  यो ठाउँ बाह्रै महिना अध्याँरो देखिन्छ ।  किबदन्ति अनुसार कहिलेकाही पोखरीमा तामाको गाग्री तैरीने गरेको तर नजिकै डिलमा पुग्दा हराउने गरेको भनाइ छ । नजिकै पोखरीमा जादा भासिएर जानै नसकिने बुढापाकाहरु बताउँछन् ।  अझैसम्म पनि नजिकै रहेको सिला घुङगामा यात्रा सफलताको कामनाको लागी फुलपाती चढाउने गरेको पाइन्छ । जुन समयमा यो घना जङगलको बाटो खोटाङ, सोलुसम्मका यात्रुहरुको लागी तराई संग जोडने सिम्ले, बराहक्षेत्र, चतरा धरानको बाटोको रूपमा पनि लिने गरिएको थियो । यो जङगलमा बाघ, भालु , चोर आदि लाग्ने गरेको भुक्तभोकी बुढापाकाहरु स्मरण गर्छन ।  pataleघना जङगलको बीच बाट हिडनु पर्ने र बिचमा गल्छेरो चेपुवा बाटो भएकोले पैसा, गहनाहरु लुटीने गरेको थियो । पोखरी बचाइ राख्न स्थानीय, समाजसेबी, बुद्धिजीवी संघसस्था, देश बिदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरुबाट पहल गर्नु पर्ने स्थानीयको भनाई छ ।  पोखरीको संरक्षण हुन सकेमा गाउँ घरमै आर्थिक क्रान्ति र बसाइँ सराइ र स्थानीयहरुको जीवन स्तर उकास्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News