लुकाकु चम्किदा वेल्जियम विजयी


 


belguimकाठमाडाै, असार ४

युरो कप फुटबलमा शनिबार भएको खेलमा वेल्जियमले आयरल्याण्डलाई ३-० गोल अन्तरले हराएको छ । वेल्जियमका लागि रोमेलु लुकाकुले खेलको ४८ औँ मिनेटमा गोल गरेर अग्रता दिलाए ।

विसेलले ६१ औँ मिनेटमा गोल गर्दै वेल्जियमको अग्रता दोब्बर पारे । लुकाकुले नै ७० औँ मिनेटमा अर्को गोल गर्दै वेल्जियमलाई ३-० को जित दिलाए।वेल्जियम समूह चरणको पहिलो खेलमा इटालीसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

यस्तै आफ्नो पहिलो खेलमा आयरल्याण्डले स्वीडेनसँग १–१ गोलको बराबरी खेलेको थियो । समूह इ अन्तरगत शनिबार भएको खेलमा विजयी भएसँगै वेल्जियमले महत्वपूर्ण तीन अंक जोडेको छ ।

अंक तालिकामा ६ अंकसहित इटाली पहिलो स्थानमा र ३ अंकसहित वेल्जियम दोस्रो स्थानमा छ । स्वीडेन र आयरल्याण्डको १/१ अंक मात्र छ ।

प्रकाशित मिति: ४ असार २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्