इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई आजीवन काराबास


 


morsiकाएरो (इजिप्ट), असार ४

एजिप्टको एक अदालतले पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई शनिबार आजीवन काराबासको सजाय सुनाएको छ । त्यस्तै मोर्सीका छ जना सहयोगीलाई मृत्युदण्ड दिने फैसला सुनाइएको छ ।

इजिप्टका गोप्य कागजात कतारलाई उपलब्ध गराएको भनी अदालतले मोर्सीमाथि लागेको आरोपमा मोर्सीलाई निर्दोष देखिएको भनी फैसला दिएको भएपनि मोर्सीले गैरकानुनी सङ्ठनमार्फत इजिप्टको राष्ट्रियतामा आँच पु¥याएको अभियोगमा जन्मकैदको सजाय तोकेको मोर्सीका वकिल मोनेश्म अब्देल माकसाउण्डले एएफपीसँगको कुराकानीमा बताउनुभयो ।

इजिप्टको सत्ताबाट हटाइएका पूर्वराष्ट्रपति मोर्सीमाथि राज्य सुरक्षासम्बन्धी महत्वपूर्ण गोप्य कागजात लुकाएको आरोपमा थप १५ वर्षको जेल सजाय तोकिएको पनि वकिल माकासाउण्डले बताउनुभयो । मोर्सी तथा मुस्लिम ब्रदर हुड आन्दोलनको मुख्य सहयोगी कतारलाई मोर्सीले राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य कागजात उपलब्ध गराई सत्तामा भएकाबेला देशद्रोही कार्य गरेको भनी लागेको आरोपमा सफाइ पाए पनि सन् २०१२ देखि सन् २०१३ जुलाइसम्म इजिप्टका अनुभवी तथा शक्तिशाली नेता होस्नी मुबारकविरुद्ध विद्रोह गरेको अभियोगमा जन्मकैदको फैसला इजिप्टको कानुनअनुसार इस्लामिक कानुनका आधिकारिक व्याख्याकार मुफ्ती कहाँ पठाइएको छ ।

मुफ्तीको निर्णय अदालतको निर्णयविरुद्ध आए पनि फैसला उल्टाउने बाध्यकारी व्यवस्था नभए पनि जन्मकैदको फैसला त्यहाँ पठाउने प्रावधान रहेको छ । मुफ्तीले फैसलाउपर व्याख्या गर्दै पुनर्विचार गर्न सल्लाह दिनसक्ने कानुनी प्रावधान रहेको छ । अभियोग लागेका सवैजनाले अदालतको निर्णयउपर पुनरावेदन गर्ने विकल्प खुला छ । रासस/एएफपी

प्रकाशित मिति: ४ असार २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्